लकडाउन खुकुलो पार्न राप्रपाको ध्यानाकर्षण « Khabarhub

लकडाउन खुकुलो पार्न राप्रपाको ध्यानाकर्षण


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञको रायसल्लाह लिएर प्रभावित क्षेत्रको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजानेबारे उपयुक्त रणनीति बनाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

राप्रपा अध्यक्षत्रयको उपस्थितिमा आज बसेको परामर्श बैठकले स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पु¥याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई दिइने राहत वितरण व्यवस्थित र पारदर्शी गर्न, उद्योग वाणिज्य, कृषि, पर्यटन र अन्य व्यावसायिक क्षेत्रलाई दिइने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न तथा विदेशमा रहेका नेपालीको स्वास्थ र रोजगारी सुरक्षाका निमित्त उपयुक्त व्यवस्था गरी आवश्यक भए देश फर्काउने काम गर्न आग्रह गरेको छ ।
पार्टीले कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीका निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापासम्मिलित बैठकले संकटको अवस्थामा राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने कुनै कार्य नगर्न सरकार, सत्तारुढ दल र सम्बद्ध सबै पक्षसंँग अपिल गरेको पार्टीका नेता राजाराम बर्ताैलाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : ४४ बजे

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले