लकडाउन खुकुलो पार्न राप्रपाको ध्यानाकर्षण | Khabarhub Khabarhub

लकडाउन खुकुलो पार्न राप्रपाको ध्यानाकर्षण


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञको रायसल्लाह लिएर प्रभावित क्षेत्रको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजानेबारे उपयुक्त रणनीति बनाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

राप्रपा अध्यक्षत्रयको उपस्थितिमा आज बसेको परामर्श बैठकले स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पु¥याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई दिइने राहत वितरण व्यवस्थित र पारदर्शी गर्न, उद्योग वाणिज्य, कृषि, पर्यटन र अन्य व्यावसायिक क्षेत्रलाई दिइने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न तथा विदेशमा रहेका नेपालीको स्वास्थ र रोजगारी सुरक्षाका निमित्त उपयुक्त व्यवस्था गरी आवश्यक भए देश फर्काउने काम गर्न आग्रह गरेको छ ।
पार्टीले कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीका निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापासम्मिलित बैठकले संकटको अवस्थामा राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने कुनै कार्य नगर्न सरकार, सत्तारुढ दल र सम्बद्ध सबै पक्षसंँग अपिल गरेको पार्टीका नेता राजाराम बर्ताैलाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : ४४ बजे

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व