अमेरिकन आइडलः शीर्ष १० का लागि नेपाली गायक दिवेशले गरे भोटको अपिल « Khabarhub

अमेरिकन आइडलः शीर्ष १० का लागि नेपाली गायक दिवेशले गरे भोटको अपिल


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकन आइडलको शीर्ष १० को छनोटका लागि नेपाली युवा गायक दिवेश पोख्रेल(अर्थर गन)ले भोटको अपिल गरेका छन् । आइतबारको प्रस्तुतिसँगै विश्वप्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु भएको छ ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्‍याउने छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-  ‘अहिलेसम्म मेरो यो सांगेतिक यात्रामा साथ दिनु भएको लागि सबैजनलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइडलको शीर्ष २० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ । हजुरहरुले तीनवटा माध्यमबाट भोट गर्न सक्नुहुनेछ । एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबिर्सनु होला ।’

कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने भएको हो । प्रतिस्पर्धीहरु आ-आफ्नो घरबाटै प्रसारणमा जोडिनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ०४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा