हराएको सात महिनापछि १३ वर्षीय पुनको कङ्काल फेला « Khabarhub

हराएको सात महिनापछि १३ वर्षीय पुनको कङ्काल फेला


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ ।

गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए ।

बालकको घरदेखि आधा घण्टाको पैदल दूरीमा उनको कङ्काल भेटिएको हो । प्रहरीसँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताए ।

बालकको मृत्यु आफैँ भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ३० बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो