यूएईमा रोजगारी गुमेपछि नेपाली श्रमीक समस्यामा, दूतावास जाँदा भेटिन्नन् राजदूत | Khabarhub Khabarhub

यूएईमा रोजगारी गुमेपछि नेपाली श्रमीक समस्यामा, दूतावास जाँदा भेटिन्नन् राजदूत


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले प्रवासमा रहेका नेपाली श्रमिकलाई अप्ठेरो परे सम्वन्धित मुलुकमा रहेको नेपाली दूतावासले सेल्टर समेत दिने बताइरहँदा यूएईमा अलपत्र परेका नेपालीले राजदूतलाई समेत भेट्न नपाएको गुनासो गरेका छन् ।

यूएईको अवुदावीमा कार्यरत काभ्रेका नेपाली युवा इश्वर थपलियाले आफू दोस्रो पटक दूतावास धाउँदा पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् ।

थपलियाले फेसबुकमा लेखेको स्टाटस

‘९ बजेर ३० मिनेटमा खुल्नुपर्ने दूतावास कार्यालय १० बजेसम्म पनि बन्दै भएको पाए बल्तल्ल गेटभित्र छिरे,’ उनले भने, ‘एक जना कर्मचारीले रेस्पोन्स त गरे तर राजदूतलाई भेटिन राजदूत कतिबेला आउँछन् भन्दा पनि कर्मचारीहरु नाजवाफ छन्।’

मेक्स कम्पनीमा कार्यरत उनी र उनीजस्ता दर्जनौं श्रमिक कोरोना भाइरसको महामारीपछि २ महिनादेखि अप्ठेरोमा परेका छन् ।

थपलियाका अनुसार अहिले त्यहाँ खान बस्न नै समस्या भइसकेको छ । ‘घरबेटीले भाडा नदिइ राख्दैन, कोठा अलपत्र छ,’ उनले भने, ‘हाम्रो फेमेली भनेकै एम्बेसी हो केही खर्चको व्यवस्थापन गरिदिए हुन्थ्यो ।’

हाल यूएईमै रहेर आप्रवासीहरुको हकहितका लागि काम गर्दै आएकी अधिकारकर्मी आशा लामाले यूएई मात्रै नभएर प्रवासमा रहेका नेपालीहरु समस्यामा परेको बताइन् ।

उनले भनिन् ‘कतिपय समस्या त बनिबनाउ पनि हुन्छन् त्यति हुँदा हुँदै पनि विदेशस्थित नेपाली नियोगहरुले राम्रो रेस्पोन्स नगर्दा नेपालीहरु अप्ठेरोमा परेको सत्य हो ।’

हाल यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल छन् । उनीसँग सामाजिक सञ्जालमार्फत सम्पर्कको प्रयास गर्न खोजिए पनि सम्पर्क हुन सकेन ।

सरकारले भने तत्कालै उद्धार गर्नुपर्ने नेपालीहरुको पहिचान गरी सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेकाले सोही समितिको सिफारिस पर्खदै आएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : २४ बजे

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन

वेस्ट इन्डिज ‘ए’ का कार्टिले गुमाए विकेट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ

उसुमा दीपक हमालले बनाए कीर्तिमान 

काठमाडौं– चीनमा भइरहेको अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले तीनवटा कास्य पदक

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का