कोरोना भाइरस संक्रमणको कति जोखिममा छन् बालबालिका ? « Khabarhub

कोरोना भाइरस संक्रमणको कति जोखिममा छन् बालबालिका ?


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम रुपमा दाबी गरिन्छ छ कि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित उमेर समूह भनेको ६० वर्षभन्दा माथी हो । अर्थात् ज्येष्ठ नागरिकहरुमा कोरोना संक्रमण सर्ने सम्भावना अन्य व्यक्तिको तुलनामा कम हुन्छ ।

कोरोना संक्रमणको दर र संक्रमणबाट हुने मृत्युको दरलाई विश्लेषण गर्दै कतिपय ‘विज्ञ’ले बालबालिकामा कोरोना संक्रमण दर एकदमै न्यून पाइएको पनि बताएका छन् । कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण पौडेल पनि अन्य उमेर समूहका व्यक्तिको तुलनामा विश्वव्यापी रुपमा नै बालबालिकामा कोरोना संक्रमणको दर न्यून रहेको बताउँछन् ।

तर, बालबालिकालाई कोरोना नै सर्दैन भनेर ढुक्क हुन नहुने उनी बताउँछन् ।

नेपालमा पनि १ जना बालकमा कोरोना संक्रमण देखिएको छ । नेपालमा १४ वर्षका १ बालकामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तर, उनमा कोरोना भाइरसको संक्रमणबाट देखिने कुनै पनि लक्षण देखिएका छैनन् ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १४ वषीर्या बालकमा लक्षण विनानै कोरोना संक्रमण पुष्टि भएको पौडेलले बताए ।

डा पौडेलका अनुसार विभिन्न अध्ययनहरुले बालिका भन्दा बालकमा कोरोना संक्रमणको जोखिम उच्च हुने देखाएको छ । यस्तै एकवर्षभन्दा मुनिका बालबालिकामा कोरोना संक्रमणको जोखिम उच्च हुने गर्छ ।

कान्ति बाल अस्पतालमा बालबालिकाको लागि कोरोनाको उपचार गर्ने व्यवस्था गरिएको डा पौडेलले बताए । कान्ति बाल अस्पताललाई कोरोना विशेष हब अस्पतालको रुपमा नलिएको भए पनि अस्पतालले स्याटेलाइट अस्पतालको रुपमा कोरोना आंशंका गरिएका बालबालिकालाई आइसोलेसनमा राख्ने गरेको डा पौडेलका भनाइ छ ।

त्यसका लागि अस्पतालले डाक्टर तथा नर्सको विभिन्न कमिटी समेत बनाएको छ । अस्पतालले ज्वरो र श्वासप्रश्वासका बिरामीका लागि छुट्टै स्थानमा जाँचको व्यवस्थापन गरेको डा पौडेलले बताए । कान्ति बाल अस्पतालमा ज्वरो र श्वासप्रश्वासका समस्याका १६ जना बालबालिकाको थ्रोड स्वाब संकलन गरी पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको डा पौडेलले बताए ।

अस्पतालले नियमित खोपका कार्यक्रम शुचारु अवस्थामा राखेको डा पौडेलले जानकारी दिए । यस्तै अस्पतालमा क्यान्सर रोगको उपचार पनि नियमित चलिरहेको डा पौडेलको भनाइ छ ।

डा पौडेलले अभिभावकहरुले आफ्ना बालकालिकालाई उपचारका लागि ल्याउँदा अस्पतालमा सामाजिक दुरी कायम गर्न आग्रह गरिएको पनि बताए । उनले स्तनपान गराउनुपर्ने उमेर समूहका बालकालिकालाई नियमित रुपमा आमाको दूध खुवाउन अभिभावकहरुलाई आग्रह गरे ।

डा पौडेलले स्कुल जाने बालकालिकाहरु घरमै रहँदा उनीहरुलाई उमेर अनुसार कोरोनाबारे सचेतना दिने र रचनात्मक काममा लगाउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : ४८ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल