अब निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने « Khabarhub

अब निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वमा नरहेका निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणको लागि अनुमती दिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणका लागि अनुमती दिन लागिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रको लगानीमा सञ्चालित प्रगोगशालाहरुलाई कोरोनाको परीक्षणका लागि अनुमति दिन प्रयोगशालाको न्युनतम मापदण्ड बनाइएको प्रवक्ता डाक्टर देवकोटाले बताए ।

मन्त्रालयले कोरोना परीक्षण गर्ने निर्देशिका बनाए पछि निजी क्षेत्रका प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने बाटो खुल्ने भएको हो ।

मन्त्रालयले बनाएको मापदण्ड पूरा गरेका निजी क्षेत्रका प्रयोगशालाले अब कोरोना परीक्षण गर्न पाउने छन् ।

तर कोरोना परीक्षणका लागि निजी क्षेत्रका प्रयोगशालाले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पूरा गरी स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति पनि लिनुपर्ने हुन्छ ।

नेपालमा पहिलोपटक चीनबाट आएका एक व्यक्तिमा गत माघ ९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । चीनबाट नेपाल आएको केही दिनमा कोरोना संक्रमणको लक्षण देखिएपछि ती व्यक्ति आफैं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।

त्यतिबेला उनको नमूना संकलन गरी परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि भने टेकुमै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको थियो ।

हाल राष्ट्रिय जनस्वास्थास्थ्य प्रयोशाला टेकुसहित देशका विभिन्न ठाउँमा रहेका १६ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण हुँदै आएको छ । हाल परीक्षणका लागि प्रयोग हुँदै आएका सबै प्रयोशाला सरकारी स्वामित्वका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । जसमध्ये १६जना कोरोना निको भएर घर फर्किएका छन् भने ३६ जना देशभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

संक्रमितहरु मध्ये धनगढीमा १ जना, वीरगन्जमा ३ जना, चितवनको भरतपुरमा १ जना र विराटनगरमा ३१ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : ४५ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको