सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला | Khabarhub Khabarhub

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खुम्बु– सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।

मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुई वटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार एक मृगको विना निकालिएको र दुईको शव नै सडेकाले त्यसको पनि झिकेर लगेको अनुमान गरिएको छ । पहिचान हुन नसकेको मृत मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ । करीब १० दिनअघि ती मृग मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

मृगलाई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीको रोहवरमा मुचुल्का तयार पारी गाडिएको बताइएको छ । लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ । चोरी शिकारमा संलग्नको खोजी जारी रहेको र शङ्का लागेका व्यक्तिमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्यायले बताए ।

अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिए पनि सगरमाथा निकुञ्जमा हालसम्म सो कार्य भएको छैन । विसं २०३२ मा स्थापित सो निकुञ्ज एक हजार १४८ वर्ग किमीमा फैलिएको छ । सगरमाथासमेत यही निकुञ्जभित्र पर्ने भएकाले यसलाई अति महत्वका साथ हेर्ने गरिएको छ । यही निकुञ्ज आसपास ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा छन् ।

कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे कागलगायत १९३ प्रजातिका चरा पाइने बताइए पनि यसको संख्या र अवस्थाबारे हालसम्म औपचारिक रुपमा सार्वजानिक नगराइएको स्थानीयवासीको भनाइ छ । बारम्बार चोरी शिकारी बढ्दै गएको घटनाप्रति वडाध्यक्ष अधिकारीले समेत चासो व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले निकुञ्जको आवश्यकताका विषयमा समेत प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : २६ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियरसिपमा लिभरपुलले उपाधि यात्रालाई अझ बलियो बनाएको

पर्यटकीय गन्तव्य टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा

ताप्लेजुङ– समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको

लाहाखेतीबाट मनग्य आम्दानी 

मोरङ– झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौरादहमा २०७५ सालदेखि पाँच

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।