पश्चिम नेपालमा वर्षा : कर्णाली र भेरी नदी आसपासका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह « Khabarhub

पश्चिम नेपालमा वर्षा : कर्णाली र भेरी नदी आसपासका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जल तथा मौसम कार्यालय सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

आजदेखि पर्सि (बुधबार) सम्म मौसमी प्रणाली सक्रिय रही मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । कार्यालय प्रमुख विनोद पराजुलीले तीनै दिन हावाहुरी, चट्याङ र असिना वर्षासमेतको सम्भावना रहेको बताए ।

उनका अनुसार कार्यालयले चार वटा जिल्ला र आसपासका केही स–साना खोलानालाहरुमा आकस्मिक बहाव पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन बबई, कर्णाली, महाकाली जस्ता ठूला नदी आसपासका नागरिकमा सूचना जारी गरेको छ ।

हाल कर्णालीका सुर्खेत, दैलेखसहित आसपासका जिल्लाहरुमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि आज, भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू­भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकाले यसपटक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ३७ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ