कांग्रेस नेता सिटौलाका छोराको विहेमा चार जना जन्ती, दुलहीको घरमा १० जना ! « Khabarhub

कांग्रेस नेता सिटौलाका छोराको विहेमा चार जना जन्ती, दुलहीको घरमा १० जना !


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्यामप्रसाद सिटौला आइतबार विवाहबन्धनमा बाँधिए । कोरोना भाइरस संक्रमणको जोखिम र त्यसमाथि लकडाउनका कारण सीमित जन्तीकाबीच विवाह सम्पन्न भएको हो ।

आइतबार अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्। विवाहमा सहभागी भएका सबै जन्तीहरुले मुखमा मास्क लगाएका थिए भने हातमा सेनिटाइजर पनि बोकेका थीए । विवाहमा सामाजिक दुरी पनि अपनाइएको थियो ।

बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको नेता सिटौलाले बताए। दुलहीका घरमा पनि १० जनामात्रै भेला भएको उनले जानकारी दिए ।

समयपरिस्थिति अनुसार धुमधाम गर्ने बेला नभएकाले सोही बमोजिम विवाह सम्पन्न भएको उनले बताए । सिटौलाका छोरा श्यामले बिहे खर्च कोरोना कोषलाई हस्तान्तरण गरे । उनले स्थानीय सरकारको कोरोना कोषमा पाँच लाख रुपैयाँ राखिएको जानकारी दिए ।

यसअघि नै विहेको मिति तय भइसकेका कारण तोकिएकै मितिमा बिहे गरिएको नेता सिटौलाले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ३१ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज