रेडियो नेपालले हटायो डा. भट्टराईसँगकाे अन्तर्वार्ता | Khabarhub Khabarhub

रेडियो नेपालले हटायो डा. भट्टराईसँगकाे अन्तर्वार्ता


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएको अन्तर्वार्ता हटाएको छ।

सोमबार बिहान साढे ६ बजे प्रत्यक्ष प्रसारण भएको डा. भट्टराईसँगको अन्तरसंवाद कार्यक्रमको  हटाएको हो ।

समचार प्रमुख डा. नवराज लम्सालले भट्टराईसँग कुराकानी गरेका थिए। जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेको भाषा र विचारसँग असन्तुष्ट रहेको भन्दै अन्तर्वार्ता हटाइएको जनाइएको छ ।

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताएका छन्।

सोमबार कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ। उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोमा आवश्यक सम्पादन गर्न नसकिएकोमा क्षमाप्रार्थी चाहन्छौं ।’

अब उप्रान्त अतिथि चयनमा गम्भीर सचेत रहने समेन विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : १८ बजे

सत्ताधारी नै निजी विद्यालयका संरक्षक !

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा

आजका समाचार : बालेनविरुद्ध फेरी खनिए ओली, नेपाली महिला टोली विश्वकप छनोटमा र रुस-युक्रेन युद्धविराम हुन सक्ने

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम

पराजित पोमू : कोरिया प्रवासमा नेपाली साहित्य चिनाउने एक अग्रज

अप्रिल ३० देखि मे ९ सम्म दक्षिण कोरियामा २६ औँ

‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्रले फिल्म ‘आबाट आमा’ बनाउने

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट डेब्यू गरेका निर्देशक

र्‍यापर ‘सिन डिडी कोम्बस्’को यौन मुद्दामा जस्टिनले भने- म पीडित होइन

काठमाडौं – विश्व चर्चित पप गायक जस्टिन बिबरले सहकार्य गरेका