रेडियो नेपालले हटायो डा. भट्टराईसँगकाे अन्तर्वार्ता « Khabarhub

रेडियो नेपालले हटायो डा. भट्टराईसँगकाे अन्तर्वार्ता


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएको अन्तर्वार्ता हटाएको छ।

सोमबार बिहान साढे ६ बजे प्रत्यक्ष प्रसारण भएको डा. भट्टराईसँगको अन्तरसंवाद कार्यक्रमको  हटाएको हो ।

समचार प्रमुख डा. नवराज लम्सालले भट्टराईसँग कुराकानी गरेका थिए। जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेको भाषा र विचारसँग असन्तुष्ट रहेको भन्दै अन्तर्वार्ता हटाइएको जनाइएको छ ।

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताएका छन्।

सोमबार कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ। उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोमा आवश्यक सम्पादन गर्न नसकिएकोमा क्षमाप्रार्थी चाहन्छौं ।’

अब उप्रान्त अतिथि चयनमा गम्भीर सचेत रहने समेन विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : १८ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा