कोरोना कहर : पोखरा स्पोर्ट्स अवार्ड स्थगित « Khabarhub

कोरोना कहर : पोखरा स्पोर्ट्स अवार्ड स्थगित


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

“वैशाख २१ (विश्व प्रेस स्वतन्त्रता दिवसं) दिन पारेर मञ्चले पोखरा सभागृहमा गर्ने गरी पूर्वघोषणा गरिएको पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगन गरिएको छ”, मञ्चका अध्यक्ष एकराज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मानव सभ्यता नै अप्ठ्यारोमा पार्ने गरी फैलिएको कोराना भाइरसले विश्व नै प्रभावित भइरहेको अवस्थामा मञ्चले अवस्था सामान्य नभएसम्मका लागि अवार्ड स्थगन गरे पनि आन्तरिक तयारी भने निरन्तर जारी राख्ने जनाइएको छ ।

मञ्च अध्यक्ष गिरीको मूल संयोजकत्वमा विभिन्न ११ उपसमितिसमेत गठन गरी कार्यक्रमको तयारी शुरु भए पनि कोभिड–१९ प्रभावसँगै लकडाउनले परिस्थिति प्रतिकूल हुन गएकाले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको खेलप्रेमी, सङ्घसंस्था, खेलाडी, प्रशिक्षक, पत्रकार एवं शुभचिन्तकहरुमा अनुरोध गरिएको छ ।

मञ्चले स्पोर्ट्स अवार्डमा खेलकूद विकासमा योगदान दिने अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष र महिला, चर्चित खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक, खेल सङ्घ र खेल पत्रकार अवार्ड गरी आठ विधामा अवार्ड वितरण गर्ने गर्दछ । वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलालाई एक एक थान मोटरसाइकल र स्कुटरबाट पुरस्कृत गर्ने गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : १२ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली