कोरोना कहर : पोखरा स्पोर्ट्स अवार्ड स्थगित | Khabarhub Khabarhub

कोरोना कहर : पोखरा स्पोर्ट्स अवार्ड स्थगित


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

“वैशाख २१ (विश्व प्रेस स्वतन्त्रता दिवसं) दिन पारेर मञ्चले पोखरा सभागृहमा गर्ने गरी पूर्वघोषणा गरिएको पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगन गरिएको छ”, मञ्चका अध्यक्ष एकराज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मानव सभ्यता नै अप्ठ्यारोमा पार्ने गरी फैलिएको कोराना भाइरसले विश्व नै प्रभावित भइरहेको अवस्थामा मञ्चले अवस्था सामान्य नभएसम्मका लागि अवार्ड स्थगन गरे पनि आन्तरिक तयारी भने निरन्तर जारी राख्ने जनाइएको छ ।

मञ्च अध्यक्ष गिरीको मूल संयोजकत्वमा विभिन्न ११ उपसमितिसमेत गठन गरी कार्यक्रमको तयारी शुरु भए पनि कोभिड–१९ प्रभावसँगै लकडाउनले परिस्थिति प्रतिकूल हुन गएकाले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको खेलप्रेमी, सङ्घसंस्था, खेलाडी, प्रशिक्षक, पत्रकार एवं शुभचिन्तकहरुमा अनुरोध गरिएको छ ।

मञ्चले स्पोर्ट्स अवार्डमा खेलकूद विकासमा योगदान दिने अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष र महिला, चर्चित खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक, खेल सङ्घ र खेल पत्रकार अवार्ड गरी आठ विधामा अवार्ड वितरण गर्ने गर्दछ । वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलालाई एक एक थान मोटरसाइकल र स्कुटरबाट पुरस्कृत गर्ने गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : १२ बजे

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी