क्वारेन्टाइन अवधि पूरा गर्दा पनि २ हजारभन्दा बढी नेपाली भारतमै रोकिए « Khabarhub

क्वारेन्टाइन अवधि पूरा गर्दा पनि २ हजारभन्दा बढी नेपाली भारतमै रोकिए


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्‍न जिल्लामा २ हजारभन्दा बढी नेपालीले क्वारेन्टाइन अवधि पूरा गरेर पनि नेपाल प्रवेश गर्न पाएका छैनन् ।

सामान्यतयाः सरकारले १४ दिनसम्म क्वारेन्टाइन राख्दै आए पनि नेपालमा लकडाउन जारी रहेकाले सीमावर्ती क्षेत्रमा एक महिनादेखि नेपालीहरु अलपत्र परेका हुन् ।

सदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला भारतसँग सीमा जोडिएका छन् ।

ती जिल्लाका सीमा क्षेत्रमा २ हजार ३८ नेपालीहरु अहिले भारतले सीमावर्ती क्षेत्रमा बनाएको क्वारेन्टाइनमा बस्न बाध्य छन् ।

भारतको धार्चुलामा मात्रै विभिन्न चार स्थानमा आठ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको दार्चुलका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले जानकारी दिए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । सीमामा रहेका नेपालीहरुलाई प्रवेश गर्न दिने नदिनेबारे केन्द्र सरकारसँग समन्वय गरि आवश्यक निर्णय लिइने उनले बताएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : ४२ बजे

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको