सय करोड नजिक अक्षय कुमारको ‘केसरी’, कमाइ कति ? « Khabarhub

सय करोड नजिक अक्षय कुमारको ‘केसरी’, कमाइ कति ?


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ट्वाइलेट :एक प्रेमकथागोल्डजस्ता हिट फिल्म दिएका अक्षय कुमारको फिल्म ‘केसरी’ ले बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ ।

अनुराग सिंहले निर्देशन गरेको यो फिल्मलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् । फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।

फिल्मले सोमबारसम्म बक्स अफिसमा ८६ करोड ३२ लाख रुपैयाँको व्यापार गरेको छ । ट्रेन्ड रिपोर्टसका अनुसार मंगलबार ७ करोड बराबरको कमाइ गरेको अनुमान छ ।

मंगलबार ७ करोड कमाइ गरेको आधारमा यो फिल्मले ९३ करोड भारु कमाएको छ ।

फिल्मले आइतबार २१ करोड ६ लाख, शुक्रबार १६ करोड ७५ लाख भारु, शनिबार १८ करोड ७५ लाख भारु, त्यस्तै आइतबार २१ करोड ५१ हजार भारु र सोमबार ८६ करोड ३२ लाख भारु कमाइ गरेको थियो ।

यो फिल्म भारतमा मात्र ३६ सय स्किृनमा रिलिज भएको छ । सारागढीको ऐतिहासिक लडाइमा आधारित यो फिल्ममा अक्षय कुमारले हवल्दवार ईशर सिंंहको भूमिका निभाएका छन् । फिल्ममा परिणीति चोपडाको पनि मुख्य भूमिका छन् ।

फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : १६ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज