भारतले चिनियाँ परीक्षण 'किट'को प्रयोगमा रोक लगायो | Khabarhub Khabarhub

भारतले चिनियाँ परीक्षण ‘किट’को प्रयोगमा रोक लगायो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)ले चीनबाट आयात गरिएको तीव्र एन्टिबडी कोभिड -१९ परीक्षण किटहरूको नजितामा ‘व्यापक भिन्नता’ भेटिएपछि प्रयोगमा रोक लगाएको छ ।

भारतले दुई चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट किटहरू किनेको थियो र तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको परिक्षण गर्न धेरै राज्यहरूमा वितरण गरिएको थियो I

गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिइए पनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा “व्यापक भिन्नता” पाइएपछि प्रयोगमा रोक लगाएको हो ।

भारतले सबै राज्यहरु र केन्द्र शासित प्रदेशका मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।

राज्य र केन्द्र शासित प्रदेशहरूलाई किटहरू फिर्ता गर्न अनुरोध गरिएको छ ताकि ती किटहरू आपूर्तिकर्ताहरूलाई फिर्ता पठाउन सकियोस्।

राजस्थान र पश्चिम बंगाललगायत धेरै राज्यहरूले चिनिया किटको गुणस्तरको बारेमा गुनासो पनि गर्दै आएका थिए I

आईसीएमआरले पीसीआर विधिद्वारा घाटी / नाकको स्वाब परीक्षण नै कोभिड -१९ को परिक्षणको लागि उत्तम रहेको बताएको छ।

सरकारी अधिकारीले भारतसँग कोभिड १९ को लागि पीसीआर परीक्षण गर्न पर्याप्त संख्यामा किट उपलब्ध रहेको दाबी गरेका छन् ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : १८ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा