जनता समाजवादीद्वारा महाेत्तरीमा राँके जुलुस प्रदर्शन | Khabarhub Khabarhub

जनता समाजवादीद्वारा महाेत्तरीमा राँके जुलुस प्रदर्शन


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्नेविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा कार्यकर्ताले मंगलबार साँझ महोत्तरीमा राँके जुलुस निकालेका छन्।

सरकारको दबाबमा प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता नगरेको आरोप लगाउँदै पार्टीका नेता कार्यकर्ताले मंगलबार साँझ महोत्तरीको सम्सीमा राँके जुलुस प्रदर्शन गरेका हुन्।

डा. यादवको घरसमेत रहेको सम्सीमा राँके जुलुस प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री केपी ओलीकै प्रत्यक्ष निर्देशनमा अपहरण गरिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रधानमन्त्रीको निर्देशनमा यादवलाई अपहरण गरी घरबाट काठमाडौंसम्म लग्ने नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अविलम्ब जाहेरी दर्ता गरी कारबाही गर्न उनीहरुले माग गरेका छन्।

पूर्व आईजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ डा.यादवको अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका शीर्ष नेतासहितको टोली सोमबार जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले दर्ता गर्न मानेको थिएन्।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ३५ बजे

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो सिटीलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस