कोरोना संक्रमित २३.३ प्रतिशत भारतीय निको भए « Khabarhub

कोरोना संक्रमित २३.३ प्रतिशत भारतीय निको भए


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमित निको भएर फर्कने क्रम बढेको छ । भारतमा २३.३ प्रतिशत नागरिक उपचार गरी घर फर्किएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित ७ हजार ७४७ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर २३.३ प्रतिशत हो । अघिल्लो दिन उपलब्ध गराएको तथ्याङ्कभन्दा निको हुने बिरामीको सङ्ख्यामा करिब एक प्रतिशत सुधार देखिएको मन्त्रालयका सहसचिव लव अग्रवालले बताए ।

भारतमा विगत २४ घण्टामा थप एक हजार ८७३ जना सङ्क्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३१ हजार ३२४ पुगेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म एक हजार ८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । विगत २४ घण्टामा भारतमा मृत्यु हुनेको सङ्ख्या ६९ छ ।

कोभिड–१९ बारे तथ्याङ्क अद्यावधिक गराउँदै पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना संक्रमित उपचार गरेर घरफर्कने क्रम बढेको छ । यो खुसीको कुरा हो । केहिदिनको तथ्यांक हेर्दा २३.३ प्रतिशत बिरामी उपचारपछि घर फर्कन थालेका छन् । धेरै जिल्लामा नयाँ संक्रमण देखिएको छैन । अब थोरै सावधानी अपनाएमा हामी कोरोना विरूद्धको लडाइँ जित्न सक्छौ ।’

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ५५ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल