कोरोना संक्रमित २३.३ प्रतिशत भारतीय निको भए « Khabarhub

कोरोना संक्रमित २३.३ प्रतिशत भारतीय निको भए


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमित निको भएर फर्कने क्रम बढेको छ । भारतमा २३.३ प्रतिशत नागरिक उपचार गरी घर फर्किएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित ७ हजार ७४७ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर २३.३ प्रतिशत हो । अघिल्लो दिन उपलब्ध गराएको तथ्याङ्कभन्दा निको हुने बिरामीको सङ्ख्यामा करिब एक प्रतिशत सुधार देखिएको मन्त्रालयका सहसचिव लव अग्रवालले बताए ।

भारतमा विगत २४ घण्टामा थप एक हजार ८७३ जना सङ्क्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३१ हजार ३२४ पुगेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म एक हजार ८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । विगत २४ घण्टामा भारतमा मृत्यु हुनेको सङ्ख्या ६९ छ ।

कोभिड–१९ बारे तथ्याङ्क अद्यावधिक गराउँदै पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना संक्रमित उपचार गरेर घरफर्कने क्रम बढेको छ । यो खुसीको कुरा हो । केहिदिनको तथ्यांक हेर्दा २३.३ प्रतिशत बिरामी उपचारपछि घर फर्कन थालेका छन् । धेरै जिल्लामा नयाँ संक्रमण देखिएको छैन । अब थोरै सावधानी अपनाएमा हामी कोरोना विरूद्धको लडाइँ जित्न सक्छौ ।’

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ५५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको