नाङ्गै रहेका जलपरीको स्तन छोपिएपछि… « Khabarhub

नाङ्गै रहेका जलपरीको स्तन छोपिएपछि…


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इण्डोनेशियाको एउटा थिम पार्कका सञ्चालकहरुले पूर्वीय मूल्य मान्यताको रक्षा गर्न भन्दै त्यहाँ सजाइएका दुई जलपरीको प्रतिमामा नाङ्गै रहेको स्तन छोपिदिएपछि बहस चर्किएको छ ।

राजधानी जकार्तामा रहेको अङ्कोल ड्रिकल्याण्ड नामक थिम पार्कका सञ्चालकहरुले त्यहाँ रहेका दुई जलपरीको प्रतिमामा यसअघि नाङ्गै रहेको स्तनमा सुनौलो कपडाले छोपेजस्तो देखिने बनाएका थिए । थिम पार्कको यस्तो कदमपछि जकर्ताताका स्थानीयहरुले सरकारी अधिकारीको दबाबमा आएर त त्यसो गरिएको होइन ? भन्ने प्रश्न पनि उठाइरहेको बीबीसीले जनाएको छ ।

तर, थिम पार्क सञ्चालकहरुले भने जलपरीको प्रतिमालाई छोप्नेगरी कुनै वाह्य दबाब नआएको, अघिल्लो वर्ष नै यस्तो निर्णय गरिएको र त्यसको कार्यान्वयन भने हालैमात्र गरिएको स्पष्ट पारेका छन् ।

थिम पार्कका सञ्चालकहरुले पूवीर्य मूल्य मान्यतालाई जोगाउन र पार्कलाई पारिवारिक वातावरणमैत्री बनाउनका लागि त्यसो गरिएको बताएका छन् ।

तर, जलपरीको प्रतिमा निर्माण गर्ने मूर्तिकारले भने जलपरीको स्तन छोपेर थिम पार्क सञ्चालकहरुले मानिसहरुलाई कलाको सुन्दरता लुकाएको आरोप लगाएका छन् ।

त्यस्तै, थिम पार्क भ्रमण गर्न आउने मानिसहरु पनि जलपरीको स्तन छोपिएको देखेर आश्चर्यमा परेको बीबीसीले जनाएको छ । थिम पार्क घुम्न आउने मानिसहरुले भने जलपरीको स्तनले आफूहरुलाई कुनै नकारात्मक प्रभाव नपर्ने प्रतिक्रिया दिएका छन् ।

‘पार्क समुद्र किनारमा छ, उनीहरु जलपरी हुन्, जलपरीहरुले त्यसरी कपडाले छोपिएका हुन्नन्,’ थिम पार्क घुम्न आउने एक जनालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ३ : १९ बजे

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा