लकडाउनपछिको जीवन संघर्ष | Khabarhub Khabarhub

लकडाउनपछिको जीवन संघर्ष


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लकडाउन तन्किएर वैशाख २५ सम्म पुगेको छ । त्यसपछि के ?

विश्व स्वास्थ्य संगठन लगायतका विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले कोरोना भाइरसको कुनै औषधि पत्ता नलागेसम्म लकडाउनको विकल्प नरहेको बताएका छन् । यस परिस्थितिमा नेपालमा पनि यो अवधि अझै थपिने र यसले देश विकराल संकटमा पर्ने सम्भावना बढ्दै गएको देखिन्छ ।

कोरोना भाइरसले समग्र विश्वको जीवनपद्धतिमा गम्भीर परिवर्तन ल्याउने कुरा निश्चितजस्तै भएको छ । आर्थिक मन्दी, बेरोजगारी र उत्पादनमा आउने ह्रासको कारणले विभिन्न प्रकारका मनोरोग बढनेछन् ।

सोसल डिस्ट्यान्सिङ, सेनिटाइजेशन, बारम्बार हात धुने इत्यादि कार्य दैनिकी बन्नेछन् । भीडभाड हुने शपिङमल, फिल्म हल, खेल मैदानजस्ता जस्ता ठाउँहरू असुरक्षित मानिनेछन् । विदेश भ्रमण डरलाग्दो मानिने छ । यो अवस्था कम्तिमा आगामी दुई वर्षसम्म रहने देखिन्छ र यसको प्रभाव पाँच वर्षसम्म रहिरहन सक्छ ।

जीवनको निरन्तरता इन्कार गर्न सकिन्न । सरकारले लकडाउनको अवधि थप्दै जानुमात्रले समस्या समाधान सम्भव छैन । चीन, अमेरिका, भारत लगायतका देशहरू लकडाउन लामो समयसम्म निरन्तर गर्न नसक्ने ठानेरै वैकल्पिक व्यवस्था गर्दै अगाडि बढेका छन् ।

पहिलो चरणमा कोरोना संक्रमितको पहिचान गरेर त्यसको केन्द्रविन्दु खोजी गर्ने र त्यसको वरिपरि केही किलोमिटरसम्मका बासिन्दाको परीक्षण गर्दै संक्रमित र संक्रमितबाट भएका संक्रमित भएकाहरूको पहिचान गर्नुपर्ने पर्छ ।

चीनको वुहानबाट प्रारम्भ भएको कोरोना भाइरस अहिले जन्मथलोमा पछारिएको अवस्थामा पुगेको छ । पूरा शहर लकडाउन गर्नुका साथै त्यहाँ कोरोना उन्मूलन अभियान सञ्चालन गरिएको थियो ।

त्यस्तै, भारतमा अहिले कोरोना संक्रमित क्षेत्रको पहिचान गर्दै सोको वर्गीकरण गरी सहज, कठोर र कठिन संघर्ष गर्ने प्रयासस्वरूप सरकारले निश्चित मापदण्ड तयार पारेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा ३३९ जिल्ला पूर्णतः कोरोना भाइरस मुक्त रहेको छ भने २३ वटा प्रदेशको ७८ जिल्लामा नयाँ संक्रमित थपिएको छैन ।

अमेरिकी र युरोपेली समाज अपेक्षाकृतरूपमा बढी सुविधासम्पन्न भएकोले सुरुवातमा कमीकमजोरी देखिएको भए पनि विस्तारै परिस्थिति नियन्त्रित हुँदै गएको छ ।

यी सबै मुलुकहरूमा दैनिक जीवन सहज बनाउदै आर्थिक गतिविधिका लागि आवश्यक मार्गचित्र बनाउन विज्ञहरूले प्रयास गरिरहेका छन् । नेपालमा पनि लकडाउन असीमित समयसम्म राख्नु सामाजिक सुरक्षाको दृष्टिले उपयुक्त र सम्भव छैन । सरकारको सीमित स्रोतसाधन मात्रले परिस्थिति नियन्त्रणमा राख्न सकेन भने संकटले भयावह रूप लिन सक्छ ।

त्यसैले, राजनीतिक वृत्तमा राष्ट्रिय सहमति निर्माण गर्नु र लकडाउनका कारण अव्यवस्थित बनेको दिनचार्य क्रमशः सहज बनाउदै जानु आजको आवश्यकता हो ।

कोरोना भाइरसले आउने दुई वर्षसम्म रहिरहने प्रत्यक्ष प्रभावहरू सामाना गर्न नेपाल तयार हुनुपर्छ। सबैभन्दा पहिला राजनीतिक क्षेत्रलाई मसीहा र सर्वेसर्वा मान्ने प्रवृतिबाट समाज मुक्त हुनु जरुरी छ । बौद्धिक वर्ग निरपेक्ष हुनुपर्छ र राज्यका स्थायी अंगले न्यायोचित निर्भीकता देखाउन सक्नु पर्दछ ।

यस भयावह स्थितिबाट बाहिरिन सरकारको एकल प्रयासमात्रले सम्भव छैन र हुँदैन । यो कटू सत्य सरकारमा बस्नेहरूसमेत सबै पक्षले स्वीकार्नु उचित हुनेछ ।

मृत्यु जुनसुकै प्रकारले भए पनि मृत्यु नै हो । जीवन त्याग्नुपर्ने बाध्यता रोग, भोक, दुर्घटना अथवा कुनै अन्य कारणले भए पनि दुर्भाग्यपूर्ण नै हो त्यसैले कोरोनाबाट मर्न नदिएको भन्दै आनन्दित हुनुपर्ने होइन ।

वर्तमान समय जनप्रतिनिधि र प्रशासन संयन्त्रको लागि परीक्षणका रूपमा आएको छ । यसलाई व्यवस्थापन गर्न नसक्नेहरू कालान्तरमा अयोग्य ठहरिने गरी जनताको नजरमा निकम्मा साबित हुने निश्चित छ ।

दुर्भाग्यवश नेपालको राजनीतिक नेतृत्वप्रति जनताको विश्वास घट्दै गएको देखिन्छ । यसमा दल अथवा व्यक्ति विशेषलाई छुट्याउन सक्ने अवस्था छैन । लामो समयदेखि अवसर पाएर पनि परिणाम दिन असफल भएकाहरूको सूची लामो छ । चाहे सत्ता भित्रका खेलाडी हरू हुन् कि बाहिरका । सामाजिक सञ्जालमा उफ्रिनेहरू हुन् कि विज्ञप्ति जारी गर्दै आफ्नो कर्तव्य पूरा भएको ठान्नेहरू ।

आफ्नो पालो आएको बखत सबैको प्रदर्शन र क्षमताबारे नेपाली जनता साक्षी भइसकेको छ । त्यसैले व्यक्ति अथवा दल विशेषको हेरफेरले सत्ताबाट कुनै फरक सकारात्मक परिणाम आउने खासै सम्भावना छैन ।

कोरोना संकटका कारण अधिकांश देशको आर्थिक अवस्था गम्भीर हुने प्रक्षेपण भइरहेको छ । नेपाल पनि सम्भावित परिस्थितिको मुकाबिला गर्न तयार हुनुपर्छ ।

लकडाउनले पार्ने प्रभावहरूमा सबैभन्दा बढी मानसिकरूपमा पर्ने हुन्छ । डिप्रेसन, एन्जाइटी लगायतका मानसिक विकारहरू बढ्न सक्ने अवस्था छ । यसबारे अधिकांशलाई जानकारी छैन । यो कालखण्डको पटाक्षेपपछि सम्पूर्ण विश्वको जीवनचक्र परिवर्तित हुनसक्छ । अहिलेसम्मको शैक्षिक प्रणालीले बनाएका जीनयापनका पद्धतिहरू काम नलाग्ने हुनसक्छन् ।

लकडाउन एक प्रकारले आत्मनिरीक्षणको अवसरका रूपमा पनि आएको छ । कोरोन पछिको विश्व यथास्थितिमा रहनेछैन । यसले नयाँ आयामहरू सिर्जना गर्नेछ । महान जीव विज्ञानी चाल्र्स डार्विनको सिद्धान्त ‘योग्यतमका लागि जीवन’ अनुसार नेपाल पनि सम्भावित संघर्षका लागि गर्न कम्मर कसेर लाग्नुको विकल्प छैन ।

होटल, टुरिज्म, हवाई यातायात, महँगो सवारी साधन र घर जग्गा कारोबार बढी क्षति हुने अनुमान गरिएको छ । कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो अवसरको सम्भावना पनि उत्तिकै रहन्छ ।

यसैगरी होम डेलिभरी, डिस्टान्स लर्निङ र होम एजुकेशनजस्ता व्यावसायिक क्षेत्रले बजारमा महत्वपूर्ण भूमिका पाउन सक्छ । नेपाल औद्योगिक राष्ट्र नरहेकोले अपेक्षित रूपमा कम क्षति व्यहोर्नुपर्ने देखिन्छ । सावधानी अपनाइएन भने वैश्विक मन्दीको प्रभावबाट जोगिन कठिन हुन सक्छ ।

कोरोना भाइरसका कारणले आउने दुई वर्षसम्म रहिरहने प्रत्यक्ष प्रभावहरू सामाना गर्न नेपाल तयार भएर बस्नुपर्ने हुन्छ । सबैभन्दा पहिला राजनीतिक क्षेत्रलाई मसीहा र सर्वेसर्वा मान्ने प्रवृतिबाट समाज मुक्त हुनु जरुरी छ ।

बौद्धिक वर्ग निरपेक्ष हुनुपर्छ र राज्यका स्थायी अंगहरूले न्यायोचित निर्भीकता देखाउन सक्नु पर्दछ । प्रत्येक व्यक्तिभित्र दैवी शक्तिको बास भएको हुन्छ तर अरूलाई अनैतिक देख्ने प्रवृत्ति छ । कोरोना भाइरस संकटमा लकडाउनले भौतिक उपलब्धिहरूको उपादेयतालाई महत्वहीन बनाइ दिएको छ ।

यो महामारी चामत्कारिक ढंगले स्वतः समाप्त भएमा वा कुनै प्रकारको औषधि पत्ता लागेको अवस्थामा बाहेक तत्कालका लागि यसबाट पूर्ण मुक्ति सम्भव छैन । आगामी दिनमा सहज जीवनयापन गर्न व्यक्तिगत अनुशासन बढी आवश्यक पर्नेछ ।

सामाजिक सञ्जालमा उफ्रिन समय खर्चिनुको सट्टा लकडाउन पछिको जीवन कालागि आफूलाई तयार पार्नु बुद्धिमानी हुनेछ । यही आजको कार्यभार हो र दायित्व पनि ।

जापानमा प्रत्येक वर्ष सयौँपटक भूकम्प गएको हुन्छ तर अनुशासित समाज भएकोले थोरै समयामा सबै आ–आफ्नो सामान्य व्यवहारमा फर्किएका हुन्छन् । अराजक अथवा गैरजिम्मेवार गतिविधि जारी रहेको खण्डमा आफूलाई मात्रै क्षति पुर्‍याउनेबाहेक अरू केही हुन्न ।

लकडाउन एक प्रकारले आत्मनिरीक्षणको अवसरका रूपमा पनि आएको छ । कोरोन पछिको विश्व यथास्थितिमा रहनेछैन । यसले नयाँ आयामहरू सिर्जना गर्नेछ । महान जीव विज्ञानी चाल्र्स डार्विनको सिद्धान्त ‘योग्यतमका लागि जीवन’ अनुसार नेपाल पनि सम्भावित संघर्षका लागि गर्न कम्मर कसेर लाग्नुको विकल्प छैन ।

सामाजिक सञ्जालमा उफ्रिन समय खर्चिनुको सट्टा लकडाउन पछिको जीवन कालागि आफूलाई तयार पार्नु बुद्धिमानी हुनेछ । यही आजको कार्यभार हो र दायित्व पनि ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ५६ बजे

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अवरुद्ध

पर्सा– पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन

६ वर्षमा पनि पूरा भएन गजेन्द्रनारायण सिंह अस्पताल भवन निर्माण

सप्तरी– तीनसय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको ६ वर्षमा

आईपीएल अक्सन : को बन्ला सबैभन्दा महँगो खेलाडी ?

इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन आइतबार र सोमबार साउदी

पाँचसय पसल अनुगमन, २० वटा मात्रै नियमअनुरुप

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ४९७ पसलको अनुगमन गर्दा २० वटा

एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच