विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन् « Khabarhub

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन् ।

अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उनले युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको बताए । महासचिव चन्दले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गरे ।

“जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्”, उनले भने,“जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ । यो चिन्ताको विषय हो ।”

आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै महासचिव चन्दले अब उद्योगको थालनी गर्ने योजना सुनाए ।

महासचिव चन्दले आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल हुँदा आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गर्ने र पैसाका लागि पलायन हुने सोचबाट ग्रसित हुँदै गएको टिप्पणी गरे। आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १० : ११ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि