प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ? | Khabarhub Khabarhub

प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ?


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न विविध उपाय अपनाइएपनि अहिले सम्म औषधि पत्ता लागेको छैन ।

अहिले संसारभरका चिकित्सक तथा वैज्ञानिक कोरोना भाइरसको औषधि पत्ता लगाउन लागिपरेका छन् । यद्यपि, हालसम्म यसको पूर्ण उपचार पद्धति भने पत्ता लागेको छैन । यसैबीच, रोग प्रतिरोधी क्षमतामा वृद्धि ल्याउन विभिन्न थेरापीको प्रयोग हुन थालेको छ । जसमध्ये कन्भलेसेन्ट प्लाज्मा थेरापी (सीपीटी) पनि एक हो ।

सीपीटीको प्रयोग लामो समयदेखि सार्स कोभिड, एच १ एन १, मर्स कोभिडका सक्रमितमा हुँदै आएको छ । यस्ता भाइरससँग कोभिड–१९ का केही लक्षण मिल्ने गरेका छन् । यसर्थ, यो थेरापी कोरोना संक्रमितका लागि पनि प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ । तर, कुनै वैज्ञानिक प्रमाण भने छैन ।

के हो प्लाज्मा ?

प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ ।

यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्‍याउने काम गर्छ । रगतमै पाइने एन्टीबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।

के हो कन्भलेसेन्ट प्लाज्मा थेरापी ?

सामान्यतया, भाइरल रोगको कुनै विशेष उपचार पद्धति हुँदैन । जटिलताका आधारमा यस्ता रोगको उपचार गरिन्छ । त्यस्तै, नयाँ देखिएको कोभिड–१९ को पनि अहिलेसम्म कुनै उपचार पद्धति पत्ता लागेको छैन ।

भाइरससँग लड्नका लागि शरीरमा प्रतिरक्षा प्रणाली (इम्युनिटी सिस्टम)ले काम गरिरहेको हुन्छ । जसले रगतको माध्यमबाट इम्युनोग्लोबुलिन उत्पादन गर्छ ।

कोरोनाविरुद्ध लड्न मानव शरीरले प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ ।

प्लाज्मा थेरापीको माध्यमबाट रगतबाट उक्त इम्युनोग्लोबुलिनलाई हटाइन्छ । कुनै भाइरसको संक्रमणका कारण शरीरमा एन्टिबडीले काम गर्न असमर्थ हुँदा वा रोगबाट निको हुने सम्भावना कम भएमा प्लाज्मा थेरापीको विधि अपनाइन्छ ।

प्रतिरक्षा प्रणालीले शरीरमा एन्टिबडी विकास गर्न र भाइरसविरुद्ध लड्नका लागि खोप दिइने गरिन्छ । तर, कोरोनाविरुद्ध अहिलेसम्म कुनै भ्याक्सिन पत्ता लागेको छैन ।

एक अध्ययनअनुसार, मानव शरीरले कोरोनाविरुद्ध लड्नका लागि प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि, सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ ।

प्लाज्मा थेरापी एकदमै छोटो समयमा गरिन्छ । शरीरमा रगत जम्मा गरेर प्लाज्मालाई मेसिनको माध्यमबाट छुट्याइन्छ र बाँकी रगत शरीरमै फिर्ता पठाइन्छ ।

सामान्यतया, यो विधि भाइरसले ल्याउने जटिलतालाई कम गर्न सहयोगी हुन्छ । कोरोनाका केही बिरामीमा यो विधि प्रयोग गरिए पनि यसबारे विज्ञानले पूर्ण रूपमा प्रमाणित गरेको छैन । तर, प्लाज्मा थेरापीले कतिपय अवस्थामा अन्य समस्या पनि सिर्जना गर्न सक्ने भएकाले सबै बिरामीका लागि उपयुक्त नहुन सक्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ३६ बजे

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

काठमाडौं – सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक