नेकपामा देखिएको विवाद समाधानका लागि घनश्याम भूसालका तीन सुझाव « Khabarhub

नेकपामा देखिएको विवाद समाधानका लागि घनश्याम भूसालका तीन सुझाव


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि मन्त्रीसमेत रहेका नेकपाका नेता घनश्याम भूसालले सत्तारुढ दलमा अहिले देखिएको समस्या समाधान गर्नेबारे तीन–बुँदे उपाय सुझाएका छन् ।

भुषालले पार्टी एकता बचाउन संवादमा जोड दिन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा उनले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै उनले तीन बुँदै सुझाव दिएका हुन् ।

अहिले देशले सबै पार्टी सदस्यबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको बताउँदै उनले त्यो सुझाव व्यक्त गरेका हुन्।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ नेकपाका स्थायी समिति सदस्य समेत रहेका भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र विभाजनको प्रक्रियामा गयो।’

उनले भनेका छन्, ‘समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो-नहडबडाउँ, दोस्रो-संवाद गरौं र तेस्रो- संस्थागत प्रणालीभित्रै समाधान खोजौं । मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : ३९ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख