नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो– स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो– स्वास्थ्य मन्त्रालय


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको स्पष्ट पारेको छ ।

पछिल्लो समय बारा र पर्साका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यसअघि मन्त्रालय मातहतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले थप ४ जनामा कोरोना संक्रमण देखिएको बताएका थिए । जसका आधारमा सरकारी स्वामित्वको समाचार संस्था (रासस)ले नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको समाचार प्रकाशन गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले बाराका ३१ र ४३ वर्षका पुरुष तथा पर्साका ४६ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । डा देवकोटाका अनुसार यसअघि नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितसँगै भारतबाट नेपाल फर्किएका व्यक्ति हुन् ।

संक्रमण पुष्टि भएसँगै उनीहरुलाई अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको नारायणी अस्पतालका इमर्जेन्सी विभागका प्रमूख डाक्टर उदयनारायण सिंहले खबरहबलाई जानकारी दिए ।

उनीहरु वीरगन्ज महानगरपालीका वडा नम्बर १६ मा भेटिएका कोरोना संक्रमितसँगै भारतको मुस्लिम समूदायको कार्यक्रमा सहभागी भएर नेपाल आएका थिए ।

भारतबाट फर्किएको जानकारी पाएपछि तीनै जनालाई स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा रहेको समयमा उनीहरुको कोरोना परीक्षण गर्ने क्रममा संक्रमण पुष्टि भएको डा सिंहले बताए । यो सँगै विरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा अहिले ८ जना संक्रमित रहेका छन् ।

डा सिंहका अनुसार नारायणी अस्पतालमा सर्लाहीका १ जना, रौतहटका २ जना, बाराका २ जना र पर्साका ३ जना संक्रमित उपचारत छन् ।

यसअघि अस्पतालबाट ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा हालसम्म ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १६ जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् । बाँकी ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ११ हजार ५ सय २४ वटा नमूना परीक्षण भएका छन् । यस्तै, र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४५ हजार ६ सय ६५ वटा नमूना परीक्षण गरिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : ४० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक