पहिलोपटक रमजानको पूरा महिना रोजा बस्दैछन् क्रिकेटर राशिद | Khabarhub Khabarhub

पहिलोपटक रमजानको पूरा महिना रोजा बस्दैछन् क्रिकेटर राशिद


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा क्रिकेटर राशिद खान अहिले वीरगन्जस्थित आफ्नो घरमा लकडाउनको समय परिवारसँग विताइरहेका छन् ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै फागुन दोस्रो साताबाट सरकारले भिडभाड हुने सार्वजनिक स्थानमा रोक लगाएसँगै खेलकुद गतिविधि बन्द भए ।

खेल गतिविधि नभए पनि क्रिकेटर दैनिक अभ्यासका लागि बिहानै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) स्थित क्रिकेट मैदान पुग्ने गर्थे ।

राशिद र भीम सार्की नियमित अभ्यासका लागि बिहानै टियू मैदान पुग्थे । तर, कोरोनाको जोखिम बढ्दै जाँदा उनीहरु पनि काठमाडौंबाट गाउँ फर्किए । लकडाउन हुनुभन्दा ३–४ दिन अगाडिमात्रै राशिद काठमाडौंबाट वीरगन्ज पुगेका हुन् ।

घर गएपछि राशिदको दैनिकीमा परिवर्तन आयो । त्यहाँ उनी बिहान उठेर सामान्य फिजिकल ट्रेनिङ गर्थे ।

‘घरमा अभ्यास गर्न त्यत्रो ठूलो खुल्ला ठाउँ त छैन । तर, पनि बेसिक अभ्यास गरिरहेको हुन्थे,’ राशिदले भने ।

मुस्लिम समुदायको महान पर्व रमजानको महिना शुरु भएपछि उनको त्यो दैनिकीमा पनि परिवर्तन आयो । अहिले उनी पुरा महिना रमजानको रोजा (ब्रत) मा रहेका छन् ।

राशिद पहिला पनि रमजानमा ब्रत बस्थे । तर, यो वर्ष उनी पुरा महिना बस्ने योजनामा छन् । काठमाडौंबाट घर जाँदा नै उनले रमजानमा ब्रत बस्ने योजना बनाइसकेका थिए ।

‘यसपालि लकडाउनले गर्दा सबै प्रतियोगिता रोकिइसकेका थिए । काठमाडौंबाट आउँदा नै मैले रमजानको पूरा महिना रोजा (ब्रत) बस्ने योजना बनाइसकेको थिएँ,’ राशिदले खबरहबसँग भने ।

रमजानको रोजा पहिलो पटक पूरा महिना अघि अघि पनि उनी केही दिनसम्म भने ब्रत बस्ने गर्थे ।

‘यसअघि अहिलेको जसरी घरमा बस्ने समय जुरेको थिएन । काठमाडौंमै हुन्थे । क्रिकेट प्रतियोगिता चलिरहेका हुन्थे । यसअघि १५ देखि २० दिनसम्म रोजा बस्ने मौका मिलेको थियो । रमजानको समयमा प्राय प्रधानमन्त्री कप पर्थ्यो,’ राशिदले भने ।

यसवर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) ले रमजानकै आसपास पर्ने समयमा प्रधानमन्त्री कप आयोजनाको तयारी थालेको थियो । तर, कोरोना भाइरसका कारण सबै स्थगित भएको छ ।

नेपालमा पछिल्लो एक महिनादेखि लकडाउन छ । बैशाख २५ गतेसम्मका लागि सरकारले लकडाउनको समयसीमा थप गरिसकेको छ । यो कहिले गएर टुङ्गिन्छ भन्ने पनि यकिन छैन ।

लकडाउनमा रमजान मनाइरहेका राशिदको दैनिकी भने अहिले तोकिएको तालिका (रुटिन) अनुसार नै चलिरहेको छ । दैनिक रोजा बस्दै आएका उनी बिहान ३ देखि ४ बजेको बीचमा हुने ‘शहुर’ खान्छन् भने दिनभर भोकै पेट बसेर बेलुकाको नमाज पढीसकेपछि ‘इफ्तार’ खाएर त्यो दिनको ब्रत तोड्छन् ।

‘अहिले फास्टीङमा हुँदा कुनै फिजिकल अभ्यास (एक्सरराइज) गर्न पाएको छैन,’ राशिदले भने, ‘घर परिवारसँग बसेर इफ्तारी गर्दा खुसी लाग्छ ।’

उमेर समुहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका राशिख नेपालका लागि भविष्यमा उत्कृष्ट तीव्र गतिको बलरका रुपमा हेरिएका खेलाडी हुन् । राशिदले गएको मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध खेल्दै टी–२० आईमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

राष्ट्रिय टोलीका लागि संघर्षरत रहेका राशिद लामो समय खेल्न नपाउँदा युवा खेलाडीहरुलाई बढी असर गर्ने बताउँछन् । नेपालमा हुने धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा लगातार राम्रो पर्दशन गर्दै आएका राशिद राष्ट्रिय टोलीसम्मको यात्राका लागि मेहनत गरिरहेका छन् ।

तर, यसरी २–३ महिना खेल गतिविधि नै नहुँदा समस्या हुने बताउँछन् ।

‘यसरी लामो समय खेल्न नपाउँदा म जस्ता युवा खेलाडीहरुलाई बढी प्रभाव पार्छ । राष्ट्रिय टोलीका लागि मेहनत गरिरहँदा खेल नै नभएपछि फेरि शुरुबाट तयारी गर्नु पर्ने हुन्छ,’ राशिदले भने, ‘यस्तो भएपछि लकडाउन लगत्तै हुने अन्तर्राष्ट्रिय सिरिजका लागि टोलीमा छनोट हुन धेरै चुनौति हुन्छ ।’

यो वर्ष दुई ठूला घरेलु लिग धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग पनि नहुँदा अझै धेरै धक्का लाग्ने उनी बताउँछन् ।

‘फ्रेन्चाईज लिगहरु खेल्दा आफूलाई निखार्न पाइन्थ्यो । तर, यसरी घरमा बस्नु पर्दा आफ्नो लय नै गुम्ने चिन्ता हुन्छ,’ राशिदले भने ।

अब लकडाउन पछि कसरी आफ्नो लय समात्ने भन्नेमा चिन्तित रहेका राशिदले भने, ‘आपूुलाई कसरी तयार गर्ने भन्ने सोचिरहेको हुन्छु । लकडाउन पछि छोटो समयमा जसरी हुन्छ आफ्नो फर्ममा फर्किने योजना बनाइरहेको छु ।’

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  २ : ४६ बजे

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।