हेर्नुस् मधुमेहबारे ७ भ्रम र यथार्थ « Khabarhub

हेर्नुस् मधुमेहबारे ७ भ्रम र यथार्थ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाई मधुमेहको समस्या भएकै कारण आफुलाई खान मन लागेका खाना नखाएर बस्ने गर्नुहुन्छ ?

मधुमेह रोगका बारेमा आम मानिसमा केही भ्रमहरु रहो छन् जसको यथार्थ भने फरक रहने गरेको छ । जसबारे हामी जानकारी दिन गइरहेका छौं ।जसले तपाईको चाहना र मधुमेहको जोखिमलाई पनि नियन्त्रणमा राख्छ ।

भ्रमः सुगर फ्रि बिस्कुट, ओट्स, कर्नफ्लेक्स, आदि मधुमेह रोगीका लागि राम्रो हुन्छ ।

यर्थातः यी वस्तु पनि अन्नबाटै बनेको हुनाले कार्बोहाईड्रेटको मात्रा बढी हुन्छ । त्यसैले यस्ता वस्तुहरु पनि कम या अनुपात मिलाएर सलाद र तरकारीहरु राखेर खान सकिन्छ ।

भ्रमः सधै खाने चामलबाहेक अन्य अन्न जस्तै रोटी, उसिना चामल जति खाए पनि हुन्छ ।
यर्थातः सबै अन्नमा लगभग उस्तै मात्रामा कार्बोहाईड्रेट पाईने भएकाले जुन अन्न खाए पनि उही अनुपातमा खानुहोस् अर्थात् अन्नभन्दा तरकारी बढी खानुपर्छ ।

भ्रमः चामललाई धेरैपटक पखालेर माड फालेर कार्बोहाईड्रेट नष्ट हुन्छ ।
यर्थातः चामललाई धेरैपटक पखालेर माड फाले पछि कार्बोहाईड्रेट नष्ट हुनुको साटो पानीमा घुलनशिल भिटामिन नष्ट हुन्छ ।

भ्रमः जमिनमुनी उत्पादन हुने खाद्यपदार्थ खानुहन्न ।
यर्थातः काँक्रो, मुला प्रशस्त खान सकिन्छ । अन्य जमिनमुनीको वस्तुलाई पनि अनुपात मिलाएर खान सकिन्छ । जस्तै अन्नको सट्टा उही अनुपातमा आलु खान सकिन्छ ।

भ्रमः चिनीको सट्टा मह खान हुन्छ ।
यर्थातः महमा पनि कार्बोहाईड्रेट बढी मात्रामा पाईने हुनाले नखानु नै उत्तम हुन्छ ।

भ्रमः गुलियो फलफुल खानुहुन्न ।
यर्थातः हरेक खानेकुराको आ–आफ्नै विशेषता हुने भएकाले ठीक्क अनुपातमा मिलाएर खान सकिन्छ ।

‍भ्रमः अण्डाको पहेंलो भाग खानुुहुन्न ।
यर्थातः अण्डाको पहेलो भागमा कोलेस्टेरोल हुने भएकाले धेरै जनाले अण्डा नै खान छाडेको पाईन्छ । तर अण्डाको पहेंलो भागमा कोलेस्टेरोल मात्र नभएर अन्य राम्रो प्रकारका शरीरलाई आवश्यक पर्ने भिटामिन पनि पाईने भएकाले माछामासु दैनिक नखाने ब्यक्तिले दिनको एउटा अण्डा खान सकिन्छ । एक भन्दा बढी अण्डा खाएमा बाँकी अण्डाको पहेंलो भाग हटाउन सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ३७ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही