नामी कलेजले नेपालमै विदेशी डिग्री दिन्छ, रोजगारीको समस्या छैन | Khabarhub Khabarhub

नामी कलेजले नेपालमै विदेशी डिग्री दिन्छ, रोजगारीको समस्या छैन


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालको शैक्षिक क्षेत्रमा केही वर्ष अघि थपिएको नाम हो । ‘नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट अर्थात् नामी ।’ पढाइका लागि विदेश जाने नेपाली विद्यार्थीलाई सुलभरूपमा विदेशी डिग्रीसहितको उच्च शिक्षा दिने उद्देश्यकाका साथ खुलेको नामीमा दश जोड दुईसहित स्नातक र स्नातकोत्तरसम्म पढाइ हुन्छ ।

गत शैक्षिक वर्षमा कक्षा ११ सुरु गरेको नामीमा बिएस्सी कम्युटिङसहित बिबिए, व्याचलर्स इन इन्भाइरोमेन्ट र स्नातकोत्तर तहमा एमबिए कक्षा सञ्चालनमा छन् । विद्यार्थीहरूको रोजाई बन्दै गएको ‘ए लेभल’ पनि अध्यापन हुन्छ ।

बेलायतको ‘युनिभर्सीटी अफ नर्थ ह्यामटन’ को सम्बन्धन रहेको नामीले उच्च शिक्षाका विदेश जाने नेपाली विद्यार्थीलाई नेपालमै रोक्न सफल भएको सञ्चालकहरूको भनाइ छ । नामीले दिएको डिग्रीलाई त्रिभुवन विश्वविद्यालयले ‘इक्वुभ्यालेन्ट’ गरेको छ । हामीले नामीका प्रिन्सिपल सञ्जीव उदाससँग कलेजको शैक्षिक गतिविधिबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ, प्रिन्सिपल उदाससँग गरिएको कुराकानीको सम्पादित अंश  :

‘नयाँ आयाम मल्टी डिसिप्लीनरी इन्स्टिच्युट’ अर्थात् नामी कलेजमा कुन कुन विषयको पढाइ हुन्छ ?

अहिले हाम्रो कलेजमा ‘प्लस टु’ छ । होटल म्यानेजमेन्ट र विज्ञान विषयसहितको प्लस टु हो । ए लेभल पनि पढाउँछौँ । व्याचलर्स लेभलमा बिएसस्सी कम्युटिङ, बिबिए, इन्भाइरोमेन्ट साइन्स छ । मास्टर्समा एमबिए अध्यापन गराइरहेका छौँ । एमबिए चाहिँ युनिर्सिटी अफ अर्थ ह्यामटन बेलायतको सम्बन्धनबाट सञ्चालित छ ।

कोरोनाका कारण सबै शैक्षिक संस्थाहरूबन्द छन्, तपाईंहरूकसरी व्यवस्थापन गरिरहनुभएको छ ?

लकडाउनअगाडि नै आन्तरिक परीक्षा सकिएको थियो । त्यसैले ‘प्लस टु’ लाई खासै फरक परेन । हाम्रा शिक्षकहरूले विद्यार्थीहरूका समूह बनाएर अभ्यास गराइरहनुभएको छ । युके डिग्री भएका कारण व्याचलर्स र एमबिएमा उतातिर परीक्षा लिखितभन्दा बढी ‘असाइनमेन्ट’, ‘प्रोजेक्ट बेस’ हुने गरेको छ ।

विद्यार्थी उपस्थित भएरै परीक्षा दिनुपर्छ भन्ने हाम्रो कलेजमा छैन । युकेले नेपालमा परीक्षा नै लिनुपर्ने विषयलाई समेत प्रोजेक्ट, ‘एसाइनमेन्टमा कन्भर्ट’ गरिदिएको छ । विश्वविद्यालयले पनि आफ्नो प्लेटफर्म दिएको छ । त्यहाँ भिडियो कन्फरेन्समार्फत पढ्न पनि मिल्यो । कक्षाहरू यसरी सञ्चालन भइरहेका छन् । विद्यार्थीहरू घरमै बसेर प्राध्यापकहरूसँग नियमितरूपमा सम्पर्कमै रहने व्यवस्था मिलाएका छौँ ।

अब नयाँ शैक्षिक वर्ष सुरु हुने समय आउनै लागेको छ, ए लेभलमा विद्यार्थीहरूको आकर्षण कस्तो छ ?

ब्रिटिस काउन्सिलका माध्यमबाट हामीले ए लेभल सञ्चालन गरिरहेका छौँ । ए लेभलका परीक्षाहरू सबै परिवर्तन भइसकेका छन् । विश्वव्यापीरूपमा कोरोनाको महामारीका कारण परीक्षा लिनसक्ने अवस्था छैन । ब्रिटिस काउन्सिलले परीक्षाकै बारेमा फरक अवधारणा समेत ल्याइरहेको छ ।

प्लस टु को तुलनामा ए लेभल फरक प्रकृतिको पढाइ पनि हो । अध्ययन हुने विषयहरूउस्तै भए पनि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले नै बनाएको विषेश कोर्स हो । प्लस टु चाहिँ पुरातनवादी जस्तो छ । ए लेभल फरक प्रकृतिको भएकाले यसमा विद्यार्थीको चासो धेरै छ ।

विद्यार्थीको आकर्षण पनि राम्रो छ । नेपालका राम्रा र उत्कृष्ट विद्यालयहरूबाट समेत ए लेभल पढ्न हाम्रो कलेजमा विद्यार्थीहरू आइरहेका छन् । ए लेभल पढ्ने विद्यार्थीहरू चाहिँ विदेशी डिग्री लिन चाहने बढी देखिन्छन् ।

तपाईंहरूले सुरु गरेका प्लस टु र ए लेभल लगायतका कोर्स अध्ययन गर्न विद्यार्थीले तपाईंहरूकै कलेज किन रोज्ने ?

सबैभन्दा महत्वपूर्ण भनेको हाम्रो फ्याकल्टी हो । शैक्षिक क्षेत्रमा अनुभवी प्राध्यापकहरू नभए कामै छैन । नामी कलेजमा अहिले ११ कक्षा पढेर १२ मा जाने पहिलो ब्याचले पढिरहेको छ । अरू स्थापित कलेजहरूको तुलनामा हामीले गरेर देखाउनुपर्ने पनि छ । हामी प्लस टु मा नयाँ नै छौँ । हामीले कलेजको फ्याकल्टी पनि उत्कृष्ट चयन गरेर राखेका छौँ ।

प्लस टुमा पिएचडी गरेका प्राध्यापकहरू हुनुहुन्छ, जुन अन्य प्लस टु सञ्चालन गरिरहेका कलेजहरूमा न्यून मात्रामा देखिने गरेको छ । हाम्रो कलेज ३७ रोपनी जग्गामा सञ्चालनमा छ । भौतिक पूर्वाधार, प्रयोगशाला, आवश्यक अन्य शैक्षिक गतिविधिका लागि उचित बन्दोबस्तर उत्कृष्ट फ्याकल्टीका कारण विद्यार्थी हाम्रो कलेजमा आउनुपर्छ जस्तो लाग्छ ।

ब्याचलर्समा चाहिँ के छ ?

ब्याचलर्समा हाम्रो ‘युके एफिलिएटिभ’ डिग्री भएका कारणले गर्दा मुख्य आकर्षण आइटीमै देखिन्छ । हाम्रो कलेजमा बिएस्सी कम्युटिङ पढाइ हुने गरेको छ । त्यसमा पनि ‘स्पेसलाइजेशन’ गरेर बिएस्सी इन सफ्टवेयर र बिएस्सी इन नेटवर्किङ गर्न मिल्ने व्यवस्था छ । अहिलेको समय आइटीकै हो ।

अहिले लकडाउनको समयमा घरमै बसेर काम गर्नसक्ने क्षेत्र भनेको आइटी नै हो । क्षमता भयो भने नेपालमै बसेर विदेशको काम गर्न सकिने भएका कारण आइटीमा मुख्य आकर्षण छ । अर्को बिबिए हो । नेपालीको कोर्सकै पनि आकर्षण राम्रो छ, हाम्रो त बेलायती डिग्रीसहितको बिबिए भएका कारण आकर्षण छ । परम्परागत परीक्षा प्रणालीभन्दा ‘प्रोजेक्ट स्टडी’ । ‘प्रिजेन्टेसन’ मा बढी फोकस छ ।

अर्को, इन्भारोमेन्टल साइन्स पनि हाम्रो कलेजमा पढाइ हुने गरेको छ । यो नेपालमा थोरै कलेजमा मात्रै पढाइ हुने गरेको कोर्स हो । यसमा आइटी, बिबिएजस्तो विद्यार्थीको चाप हुँदैन तर यसमै करिअर बनाउँछु भनेर पढ्ने विद्यार्थीहरू छन् ।

‘क्रेडिट ट्रान्सफर’ को सुविधा पनि होला कलेजमा, कस्तो छ अन्य सुविधा ?

हाम्रो कलेजमा ‘क्रेडिट ट्रान्सफर’ को सुविधा छ तर विद्यार्थीहरूमा ब्याचलर्स लेभलमा विदेश गएर पढ्नेभन्दा पनि नेपालमै पढौँ भन्ने भावना हुने गरेको छ । युकेमा यहाँभन्दा बढी शुल्क हुने भयो । डिग्रीमा नेपाल र युकेमा केही पनि फरक छैन । क्वालिटी उही हो । नेपालमा बेलायतमा भन्दा धेरै सस्तो शुल्कमा पढ्न पाइने भएका कारण ‘क्रेडिट ट्रान्सफर’ गर्ने विद्यार्थीको संख्या कम छ ।

पढ्न विदेश जाने नेपाली विद्यार्थीको संख्या ठूलो छ । नेपालमै विदेशीस्तरको शिक्षा दिइरहेका नामीजस्ता कलेजका कारण विद्यार्थी विदेशिने क्रम घटेको छ त ?

कलेजहरूमा हामी मात्रै होइनौँ । अरू पनि छन् । धेरै ठूलो संख्यामा रोक्न नसकेको भए पनि केही हदसम्म राम्रा विद्यार्थी हाम्रोजस्ता कलेजका कारण नेपालमै रोकिएका छन् । अहिले विदेशी डिग्री लिन विदेश नै जानुपर्छ भन्ने छैन ।

लकडाउनकै कारण अष्ट्रेलियाका नेपाली विद्यार्थीलाई घर जाऊ भन्ने अवस्था आयो । युकेमै पनि यो शैक्षिक वर्षमा स्कूल–कलेजमै सशरीर उपस्थित भएर पढ्ने अवस्था नहुने जस्तो त्यहाँका विश्वविद्यालयहरूले भनिरहेका छन् ।

विदेशी विश्वविद्यालयको डिग्री नेपालमै पढ्ने वातावरणका लागि विदेशी विश्वविद्यालयले तोकेको स्तर हुनुपर्छ, त्यसै मिल्दैन । आइटी, वातावरण विज्ञान र व्यवस्थापन संकायतर्फ नेपालमा गुणस्तरीय शिक्षा दिने कलेजहरू छन् । आइटीमा राम्रो गर्न विदेश नै जानुपर्छ भन्ने छैन । नेपालमै बसेर विदेशको काम गर्न सक्ने अवस्था छ ।

नामी कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूको रोजगारी वा स्वरोजगारीको अवस्था कस्तो छ ?

हाम्रो कलेजबाट अहिलेसम्म बजारमा गइसकेको झण्डै ९० प्रतिशत विद्यार्थीले पास आउट हुनासाथै रोजगारी पाएका छन् । धेरैजसो कोर्समा तेस्रो वर्षको पढाइकै क्रममा इन्टर्न गर्नुपर्ने पर्छ । इन्टरर्नसिपमा पनि प्रोजेक्ट बनाएर व्यवस्थित तरिकाले काम गर्नुपर्ने हुन्छ । जुन कम्पनीमा इन्टरर्नसिप गर्न गएका हुन्छन्, त्यही रोजगारी पाउने गरेका छन् ।

कति विद्यार्थीले त आफैँ आइटी कम्पनी सञ्चालन गरेका छन् । आइटी भनेको कम पूँजीमा पनि कम्पनी सुरु गर्न सकिने क्षेत्र हो । कामको खोजीमा विद्यार्थीलाई समस्या हुने अवस्था छैन । हाम्रो कलेज आफैँले समेत इन्फोडेभलपरजस्ता नेपालका ठूला आइटी कम्पनीसँग सहकार्य गरेको छ । त्यसमा इन्टर्न पठाउने गरिएको छ ।

युके डिग्री नेपालमा पढाएको फाइदा के छ भने, समर भ्याकेसन तीन–चार महिनाको दिने गरेको छ । त्यो विदामा बजारमा चलेका अन्य प्रविधिका बारेमा समेत अध्ययन गर्ने समय मिल्छ । यसबाट विद्यार्थीले आफ्नो क्षमता बढाउन सक्छ ।

अन्त्यमा शुल्कको कुरा गरौँ, समग्रमा शुल्कको अवस्था कस्तो छ ?

अहिले नेपालमै समेत त्रिभुवन विश्वविद्यालयकै कतिपय कोर्स महँगो देखिन्छ । त्यसको तुलनामा नामीमा धेरै कम छ । ‘बिएस्सी कम्युटिङ’ को शुल्क समेत नेपालका अन्य कलेजको तुलनामा सस्तो छ । ‘बिएस्सी कम्युटिङ’ मा झण्डै १० लाख रुपैयाँमा सबै कोर्स सकिने गरेको छ । यो भनेको विदेशी डिग्री हासिल गर्दा लाग्ने निकै कम शुल्क हो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : १७ बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको