रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी « Khabarhub

रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी अधिकारीको ८४ वर्षको उमेरमा शुक्रवार निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहान साढे २ बजे निधन भएको हो ।

रानुदेवीले राणाशासन विरुद्धको लडाइँमा गीत गाउँदै हिँडेकी थिइन् । उनले वि.सं. २००६ मा रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन् ।

‘जुनेली रात हजुर’, ‘जागे नेपाली उठे नेपाली’ लगायतका गीतमा स्वर दिएर चर्चामा रहेकी रानुदेवी शास्त्रीय संगीतमा रुचि राख्थिन् ।

रानुदेवीका एक छोरा र दुई छोरी छन् । रानुदेवीका एक छोरा र एक छोरी अमेरिकामा बस्दै आएका छन् भने कान्छी छोरी काठमाडौं बस्ने गर्छिन् । उनको शुक्रवार बिहानै अन्त्यष्टि गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : ५७ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले