अध्यक्ष ‘प्रचण्ड’सहित नेपाल निकट नेताहरुबीच कोटेश्वरमा छलफल « Khabarhub

अध्यक्ष ‘प्रचण्ड’सहित नेपाल निकट नेताहरुबीच कोटेश्वरमा छलफल


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरूले कोटेश्वरमा छलफल गरेका छन्।

सचिवालय बैठकको पूर्व सन्ध्यामा नेता नेपाल निकट स्थायी कमिटी सदस्यहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्ड पनि सहभागी भएका हुन् ।

सचिवालय बैठकबाट छिट्टै स्थायी कमिटी बैठक डाक्न माग राखिने विषयमा छलफल भएको सहभागी एक नेताले जानकारी दिए ।

उनले भने ‘हामीले भोलिको सचिवालय बैठकमा स्थायी कमिटीको बैठकको मिति तोक्न आग्रह गर्‍यौँ। सचिवालयले मात्र अहिलेको समस्याको समाधान दिन्छ जस्तो लाग्दैन। घण्टौँ उहाँले छलफल गर्नुहुन्छ। कुनै निष्कर्ष निस्किएको छैन। त्यसैले स्थायी कमिटी बैठक बोलाउन भनेका छौँ ।’

स्थायी कमिटी बैठकबाटै अस्पष्ट भएका कुरामा स्पष्ट हुँदै जानुपर्नेमा उनले जोड दिए ।

छलफलमा सहभागी अर्का सदस्य वेदुराम भुसालले नेता नेपालले अध्यक्षको प्रस्ताव अस्वीकार गर्ने र प्रधानमन्त्रीको हकमा राजीनामा दिएर मार्ग प्रस्तात गरे त्यसमा सहमत हुनसक्ने बताए।

‘अध्यक्ष बन्ने हकमा त विधानमा व्यवस्था पनि छैन। नेता नेपालले सो प्रस्तावमा जान नसकिने कुरा गर्नु भएको छ। प्रधानमन्त्रीको हकमा उहाँले राजीनामा दिएर वामदेव कमरेडलाई प्रधानमन्त्री बन्ने प्रकिया अघि बढाए सहमति हुन सकिन्छ।’

नेता नेपाललाई भेट्न स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डेलगायत स्थायी कमिटी सदस्य कोटेश्वर पुगेका थिए । स्थायी कमिटीसँग छलफल चलिरहँदा प्रचण्ड पनि कोटेश्वर पुगेका थिए ।

प्रचण्ड र नेपालले प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक डाक्ने पक्षमा नरहेको बिफ्रिङ गरेका थिए ।  तर, स्थायी कमिटी सदस्यहरुले भने बहुमतबाट भए पनि स्थायी कमिटी बैठक डाक्न सुझाएका छन्।

बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए त्यसपछि प्रम ओलीले बिहीबार नेता नेपालसँग भेट गरेका थिए भने शुक्रबार दिउँसो प्रचण्डसँगसमेत भेट गरेका थिए।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ४९ बजे

आर्सनलले ८ हजार ६० दिनपछि टार्‍यो प्रिमियर लिग उपाधिको खडेरी, गनर्समा आर्टेटा युगको सुरूवात

लन्डन- आर्सनलले अन्ततः रिसेट बटन थिचेर घडीलाई शून्यमा फर्काउन पाएको

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना

काठमाडौं– तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरू आज

स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र 

काठमाडौं– स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई

संसद्‍मा कांग्रेसले भन्यो- संवेदनशील निकाय पदाधिकारी हटाएर सरकारले भ्याक्युम बनायो

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले