सेनाको प्रवक्तामा सहायकरथी पाण्डे « Khabarhub

सेनाको प्रवक्तामा सहायकरथी पाण्डे


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले  दिइएको छ ।  दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

उनले  केही दिनपछि मात्र आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । हालका प्रवक्ता यामप्रसाद ढकालको पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएपछि सो जिम्मेवारी पाण्डेलाई दिइएको हाे  ।

नेपाली सेनाको प्रवक्ताका रुपमा ढकालले करीब तीन महिना काम गरे । सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानेछन् । नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : ३६ बजे

नेविसंघको नारा : विद्यार्थीको हातमा सिलिन्डर होइन, कलम चाहिन्छ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली

पोखराको लेखनाथ सडकखण्डको नयाँ स्वरुप (तस्बिर)

पोखरा– पृथ्वीराजमार्गअन्तर्गत पोखराको लेखनाथ सडकखण्ड विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय