पाकिस्तानका सभामुख कोरोना भाइरसबाट संक्रमित | Khabarhub Khabarhub

पाकिस्तानका सभामुख कोरोना भाइरसबाट संक्रमित


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

उनले स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको अहिले घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत देशवासीहरूलाई स्वास्थ्यलाभको कामनाका लागि आग्रह गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनका छोरा र छोरीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कैसरले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँग भेटघाट गरेका थिए ।

२२ अप्रिलका दिन प्रधानमन्त्री खानको पनि जाँच भएको थियो । उनमा कोरोनाको संक्रमण देखिएको थिएन । पाकिस्तानको सिन्ध प्रान्तका गभर्नरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पाकिस्तानमा अहिलेसम्म १७ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तीमध्ये चार हजार निको भइसकेका छन् भने तीन सय ९१ को मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : २३ बजे

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१, बेगनासताल कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी– जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको

प्रधानमन्त्रीले भेटे सुर्खेतबाट खाली खुट्टै आएका नवराजलाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको