हिमपहिरोमा पुरिएका सात जनाकै शव फेला | Khabarhub Khabarhub

हिमपहिरोमा पुरिएका सात जनाकै शव फेला


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिङ्कु केभ क्षेत्रमा हिमपहिरोमा पुरिएका सात जनाकै शव सेनाले फेला पारेको छ ।

शुक्रबार २ जनाको शव फेला परेसँगै तीन महिनाअघि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको हो ।

नेपाली सेनाले शुक्रबार एक जना नेपाली र एक जना कोरियन नागरिकको शव फेला पारेको जनाएको छ ।

गत माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए ।

तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : २८ बजे

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती