रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन | Khabarhub Khabarhub

रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।

क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न नौवटै स्थानीय तहले क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए । नौ स्थानीय तहमध्ये चार स्थानीय तहका क्वारेन्टाइनमा मात्रै ८६ जनालाई राखिएको छ ।

छ स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्ति घर फिर्ता भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार कञ्चनपुरका नौ स्थानीय तहमा ५४० श्यया क्वारेन्टाइनको सङ्ख्या रहेको छ । जसमध्ये पुर्नवास नगरपालिकाले सञ्चालन गरेको ५० श्ययाको क्वारेन्टाइनमा १२, बेलौरी नगरपालिकाले सञ्चालन गरेको १०५ श्ययाको क्वारेन्टाइनमा ३६, लालझाडी गाउँपालिकाले सञ्चालन गरेको ८९ श्ययाको क्वारेन्टाइनमा १८ र बेलडाँडी गाँउपालिकाले सञ्चालन गरेको २३ श्ययाको क्वारेन्टाइनमा २० जनालाई राखिएको छ ।

भीमदत्त नगरपालिकामा १००, महाकाली नगरपालिकामा ५१, बेदकोट नगरपालिकामा ६४, शुक्लाफाँटा नगरपालिकामा २२ र कृष्णपुर नगरपालिकामा ३६ क्वारेन्टाइन श्यया सङ्ख्या रहेको छ । भीमदत्तमा १४५, महाकालीमा २२, बेदकोटमा २३, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३१, पुर्नवासमा ३४, बेलौरीमा ६६, लालझाडीमा १२३ र बेलडाँडीमा १४ गरी ४८० जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएको अधिकृत जोशीले बताए । उनका अनुसार क्वारेन्टाइनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य गरी एक हजार ७१९ को आरडिटी परीक्षण गरिएको छ ।

आरडिटी परीक्षण गरिएकामध्ये दुईको रिपोर्ट पोजेटिभ आएकामा पिसीआर परीक्षणमा दुवैको नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बस्दै आएका २०५को स्वाब परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ आएकामा उपचारपछि रिपोर्ट पोजेटिभ आएका व्यक्ति पूर्णरुपमा स्वस्थ्य भई घर फिर्ता भएका छन् ।

कञ्चनपुरमा भारतलगायत अन्य मुलुकमा आएकाको सङ्ख्या भने पाँच हजार ७७६ रहेको छ । पिपिइको सङ्ख्या ४३९ रहेको छ । हालसम्म नौवटै स्थानीय तहका ज्याला मजदुरी गरी जीविन निर्वाह गर्ने २२ हजार ५६९ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ३५ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्