गैँडा गणनामा पनि देखियो कोरोना भाइरस संक्रमणको असर « Khabarhub

गैँडा गणनामा पनि देखियो कोरोना भाइरस संक्रमणको असर


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको असर गैँडाको गणनामा पनि देखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जले गत  चैतदेखि नै गैँडा गणना गर्ने तयारी गरेकोमा अब एक वर्षअघि गणनाको काम नहुने भएको छ ।

लगातार पानी परेको तथा कोरोना भाइरसको संक्रमणपछि सरकारले गरेको लकडाउनले तालिम दिएर गणनाको काममा ठीक्क पारिएका प्रावधिकलाई पनि परिचालन गर्न नसकिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार गैँडा गणनाका लागि ४०० जना खटाउनुपर्ने भएकाले संक्रमणको खतरा देखिएकाले स्थगित गरिएको हो ।

अब लकडाउन खुलेपनि वर्षाको समय सुरु भएकाले तत्काललाई गणनाको काम सरेको उनले जानकारी दिए ।

अब कम्तिमा एक बर्षपछि मात्रै गणनाको काम सुरू गर्ने योजना रहेको उनको भनाई छ । सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ गैँडा रहेकोमा चितवनमा मात्रै ६०५ वटा थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ५९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने