निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ « Khabarhub

निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा सात जना पक्राउ परेका छन् ।

निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएरप्रहरीलाई बुझाएका हुन् ।

स्थानीय युवा क्लब र मध्यवर्ती क्षेत्रका उपभोक्ताले पाङ्बोचे र फोर्चेबाट शुक्रबार नियन्त्रणमा लिएका ७ जनालाई नाम्चे ल्याइएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार उनीहरुको संलग्नता देखिएपछि स्थानीयनागरिकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

लुकेर बसेका उनीहरुलाई स्थानीयले छापा मारेर नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : ३४ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २