गण्डकी प्रदेश- स्वाब सङ्कलनका लागि बुथ « Khabarhub

गण्डकी प्रदेश- स्वाब सङ्कलनका लागि बुथ


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा निर्माण गरिएको बुथ सञ्चालनमा आएको छ ।

व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले निर्माण गर्नुभएको बुथ शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो ।

ढुङ्गानाले एक हप्ताको अवधिमा उक्त बुथ निर्माण सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरे । “बुथको सम्पूर्ण काम सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरिएको छ,” ढुङ्गानाले भने “बुथ सञ्चालनका लागि तयारी अवस्थामा छ ।”

बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा कवज (पिपिई) नलगाइकन पनि कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाव सङ्कलन गर्न सक्छन् ।

स्वाब सङ्कलनका लागि बुथ सुरक्षित रहेको भन्दै ढुङ्गानाले भने, “व्यक्तिगत सुरक्षा कवज (पिपिई) को अभाव हुँदा पनि बुथभित्र बसेर स्वास्थ्यकर्मीले ढुक्कसँग स्वाव सङ्कलन गर्न सक्छन् ।”

बुथ निर्माणको सम्पूर्ण खर्च अस्पताल विकास समितिले बेहोरेको छ । बुथ निर्माणका लागि करीब रु ५० हजार खर्च भएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

बुथ निर्माण सम्पन्न भएकाले चिकित्सकले कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब सङ्कलन अब बुथभित्रै बसेर गर्नेछन् । “बाहिरको जीवाणु भित्र नजाने गरी बुथ निर्माण गरिएको छ । यो सुरक्षित भएकाले स्वास्थ्यकर्मी पनि ढुक्क भएर सेवा प्रवाहमा लाग्न सक्नेछन्”, अधिकारीले भने ।

दमौली अस्पतालले शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको छ । तनहुँमा हालसम्म २० जनाको स्वाब परीक्षण भइसकेको छ ।

तीमध्ये १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी चार जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ढुङ्गानाले नै निर्माण गरेको स्यानिटाइजर टनेलसमेत दमौली अस्पतालमा सञ्चालनमा आइसकेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिसकिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : २१ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट