नेकपा सचिवालय बैठक साढे ५ बजे बस्ने « Khabarhub

नेकपा सचिवालय बैठक साढे ५ बजे बस्ने


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको केन्द्रीय सचिवायलको बैठक साढे पाँच बजे बस्ने बालुवाटारमा बस्ने जानकारी लिए ।

बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको बैठकमा जोड दिनेछन् भने ओली समूहले त्यसको प्रतिवाद गर्ने तयारी गरेको छ ।

त्यसका लागि दुबै पक्षले आन्तरिक छलफलसहितका तयारी तीव्र पारेका छन् । विवाद मिलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री ओलीले शुक्रबार पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

सो भेटघाटलगत्तै प्रचण्डले माधव कुमार नेपालसँग पनि भेटघाट गरेपछि प्रचण्डसँग सहमति नभएको अड्कलवाजी भएको छ ।

कोटेश्वरमा भएको नेपाल – प्रचण्ड भेटमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओलीले पहिला राजीनामा दिनपर्नेबारे धारणा राख्नेगरी तयारी गरेको बताइएको छ ।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नै दिनुपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाइनु पर्ने र त्यसका लागि कोराना भाइरसको महामारी अन्त्य हुनुपर्ने सर्त राखेको समाचारहरु सार्वजनिक भएका थिए ।

अध्यादेश फिर्ता लिएपछि पनि अर्को पक्षले सोही विषयलाई लिएर समस्या पार्न खोजेपछि प्रधानमन्त्री ओलीले संकट समाधानका लागि सक्रियता अझ बढाएका छन् ।

उनले आफूनिकटका सांसददेखि प्रधानन्यायाधीश र शुक्रबार राति अख्तियार प्रमुख नवीन घिमिरेसम्मलाई भेटेका छन् । ओलीनिकट समूह आज पनि विहानैदेखि सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारेको गृहकार्यमा जुटेको बताइएको छ ।

यसका लागि ओलीका अत्यन्तै विश्वासपात्र मानिएका केही सचिवालय सदस्य र मन्त्रीहरु खटिएको स्रोतले जनाएको छ ।

राजनीतिक र गैह्रराजनीतिक व्यक्तिहरुसँग भएका ती सबै भेटघाटलाई नेकपाभित्र बढेको विवादले सृजित राजनीतिक दाउपेचकै उपज भएको ब्याख्या गरिँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ४२ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २