कोरोना नियन्त्रणमा उत्कृष्ट काम गर्ने विश्वभरका पाँच महिलामा नेपालकी झा पनि « Khabarhub

कोरोना नियन्त्रणमा उत्कृष्ट काम गर्ने विश्वभरका पाँच महिलामा नेपालकी झा पनि


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व कोरोना महामारीसँग जुधिरहेको छ । विश्वभर ३४ लाख १७ हजार भन्दा धेरै मासिन कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ४० हजार मानिसले ज्यान गुमाएका छन् ।

विश्वका विभिन्न मुलुकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न उपायहरु अपनाइरहेका छन् ।

विभिन्न देशहरुले लकडाउन गरेका छन्, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रयत्न गरिरहेका छन् । कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् ।

यसैबीच कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ । जसमा एक नेपाली पनि परेकी छिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा रुना झा कोरोना भाइरस नियन्त्रणका लागि अग्रप्रकितमा रहेको यूएन वुमनले उल्लेख गरेको छ ।

उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन ।

त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् । उनी निरन्तर काममा सक्रिय छिन् ।

संक्रमणको जोखिमका कारण उनी घर पनि जान पाएकी छैनन् । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् ।

झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।

आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।

महामारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उनी आफ्नो तर्फबाट कर्मचारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।

नेपालकी झासँगै चीन, ताजकिस्तान जोर्डन, एन्टीगुवाका महिलाको कथा समेटिएको छ जो कोरोना नियन्त्रणका लागि अअग्रपंक्तिमा रहेर काम गरिरहे्का छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : २५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने