हिङ्कु हिमपहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो | Khabarhub Khabarhub

हिङ्कु हिमपहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरामा हराएकामध्ये शुक्रबार फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौँ पठाइएको छ ।

गत माघ ३ गते पदयात्राका क्रममा हिमपहिरामा हराएका सात जनामध्ये एक कोरियन र एक नेपाली गरी दुई जनाको शव शुक्रबार नेपाली सेनाको पोखरास्थित नेपाली सेनाको सेकेन्ड रेञ्जर बटालियनले फेला पारेको थियो ।

शुक्रबार फेला परे पनि मौसमको प्रतिकूलताका कारण शव आज मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । पोखराबाट शव आजै काठमाडौँ पठाइएको पर्यटक प्रहरीले जनाएको छ ।

पहिरामा हराएकामध्ये अन्य दुई जना नेपाली पर्यटक गाइड र तीन जना कोरियन नागरिकको शव यसअघि नै फेला परिसकेको ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ५३ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद