पदोन्नति भएका एसएसपी र एसपीलाई दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

पदोन्नति भएका एसएसपी र एसपीलाई दर्ज्यानी चिन्ह प्रदान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई आज (आइतबार) दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

पदोन्नती भएका सबै प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

गृह मन्त्रालय, मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार १९ जना एसपीबाट एसएसपीमा र गृह मन्त्रालय, सचिवस्तरको वैशाख १८ गतेको निर्णयअनुसार २४ प्रहरी नायब उपरीक्षक एसपीमा पदोन्नति भएका थिए।

समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवम् सङ्गठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए।

बढुवासँगै प्रहरी अधिकृत थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न उनले आग्रह गरे।

राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैँ उदाहरणका रुपमा प्रस्तुत भई जिम्मेवारी पूरा गर्न दृढता र बफादारिता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्नसमेत उनले निर्देशन दिए।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ०९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने