ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब | Khabarhub Khabarhub

ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठूला होटल ६ महिनाको लागि पूर्णरूपमा बन्द हुने भएका छन्। नेपाल होटल संघको आइतबार बसेको बैठकले तारे होटल ६ महिना बन्द गर्ने निर्णय गरेको हो।

सरकारले उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन्।

होटल संघको अध्यक्ष सृजना राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई ६ महीनासमम्म तलबको रूपमा आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने समेत निर्णय गरेको छ।

१२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीकाे प्रक्रिया शुरू गरेकाे सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय संघले गरेको छ।

होटलले दिने आधारभूत तलबको १२.५ प्रतिशत रकममा नेपाल सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रुपमा पहल गर्ने निर्णय पनि होटल सञ्चालकले गरेका छन्।

होटल संघको निर्णय

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ३३ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग