विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन मुख्यमन्त्री केजरीवालको आग्रह « Khabarhub

विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन मुख्यमन्त्री केजरीवालको आग्रह


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गरेका छन् ।

“कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्तिम संस्कारका लागि २० व्यक्तिभन्दा बढी सहभागी हुन निषेध गरिएको छ,” मुख्यमन्त्री केजरीवालले भिडियो सम्मेलनमार्फत बताए ।

उन्ले भने,“सङ्क्रमण रोक्न केन्द्र सरकारले मार्च २४ मा गरेकोे बन्दाबन्दीको निर्णय निकै महत्वपूर्ण थियो । यदि हामीले लकडाउनको पालना गर्दैनथ्यौँ भने भारतभर महामारीले डरलाग्दो रूप लिन्थ्यो ।”

उनले थपे, “त्यसवेला राष्ट्र कोभिड–१९ को सामना गर्न तयारी अवस्थामा थिएन । हामीलाई सामाजिक दूरी राख्ने र सङ्क्रमण नियन्त्रण गर्ने उपायबारे अनभिज्ञ थियौँ । हामीसँग व्यक्तिगत सुरक्षा सामग्री वा परीक्षण सामग्री पनि थिएनन् ।”

अर्थतन्त्रमा समस्या आएपनि सङ्क्रमणलाई नियन्त्रणमा राख्नका लागि भारतका लागि बन्दाबन्दी उत्तम उपाय देखिएको छ । उनले भने, “देशको राजस्व सङ्कलन तीन हजार पाँचसय करोडबाट ३०० करोडमा झरेको छ । सरकारले कसरी काम गर्ला चिन्ताको विषय छ ।”

उनले सार्वजनिक स्थलहरूमा थुक्ने व्यक्तिविरूद्ध पनि सरकारले कडा कारबाही गर्नेछ, उनले थपे । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार दिल्लीमा चार हजार १२२ जनामा कोरोनाभाइरस सङ्क्रमण रहेको छ भने एक हजार २५६ जना निको भएका वा दिल्लीबाट अन्यत्र गएका छन् । दिल्लीमा आइतबारसम्ममा ६४ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै भारतभर आइतबारमात्र थप ५६४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कूल ४० हजार २६३ जना सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एक हजार ३२३ जनाको मृत्यु भइसकेको छ भने १० हजार ८८६ जना निको भई घर फर्किएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : १४ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको