नेपालगञ्जमा प्रत्येक वडामा आउजाउ कडा « Khabarhub

नेपालगञ्जमा प्रत्येक वडामा आउजाउ कडा


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का १ जना र ८ का १५ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरका सबै वडाले आज विहानैदेखि आउजाउ कडा गरेका छन् ।

एक वडाबाट अर्को वडामा अत्यावश्क काम बाहेक मानिसहरुको आवतजावत पूर्णरुपमा रोकेको वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । 

त्यस्तै खजुरा गाउँपालिका चारै दिशाबाट शिल गरिएको छ । पूर्वमा नेपालगञ्जबाट जाने नाका कपास विकास समिति अगाडिको पुल, पश्चिममा मानखोला, उत्तरमा बैजनाथबाट जाने बाटो र दक्षिणमा भारतीय नाका सबै शिल गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले जानकारी दिए । 

कोहलपुर नगरपालिकाले पनि नेपालगञ्जसंग जोडिएको दक्षिणी सीमा शिल गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १० : ४० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य