शरीरमा किटनाशक छर्केर कोरोना भाइरसमुक्त भइँदैन– स्वास्थ्य मन्त्रालय « Khabarhub

शरीरमा किटनाशक छर्केर कोरोना भाइरसमुक्त भइँदैन– स्वास्थ्य मन्त्रालय


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मानिसको शरीरमा छर्किने किटनाशक रसायनले मानिसलाई कोरोना भाइरसमुक्त गराउन नसक्ने बताएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा देवकोटाले मानिसको शरीरमा किटनाशक झोल प्रयोग गरेर कोरोना भाइरस नष्ट नहुने बताएका हुन् ।

डाक्टर देवकोटाका अनुसार सोडियम हाइड्रोक्लोराइ र क्लोरिनको झोल पानीमा मिसायर शरीरमा छर्किँदा कोरोना भाइरस मर्दैन । कोरोना भाइरस मानिसको शरीरभित्र कोषमा हुने भएकाले शरीरमा किटनाशक झोल स्प्रे गर्नु स्वास्थ्यका लागि हानिकारण हुने देवकोटाले बताए ।

उक्त किटनाशक रसायनले आँखा, मुख नाकमा असर गर्ने र त्यसको गलत प्रयोगले श्वासप्रश्वाससम्बन्धी समस्या आउने डा देवकोटाको भनाइ छ । उनका अनुसार रसायनहरुलाई सही तरिकाले मिश्रण गरी कोरोना संक्रमित क्षेत्रमा भूइँ, सवारीसाधान, मानिसले प्रयोग गर्ने वस्तुहरुमा भने प्रयोग गर्न सकिन्छ ।

किटनाशक रसायन स्प्रे गर्दा बाहिरी शतहमा रहेको कोरोना भाइरस मात्र नष्ट गर्न सकिने भएकाले मानिसले कोरोना संक्रमणबाट बच्न साबुनपानीले हात धुनु नै उपयुक्त हुने डा देवकोटाले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ३० बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड