पीएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष बने भक्तपुरका सुवाल | Khabarhub Khabarhub

पीएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष बने भक्तपुरका सुवाल


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलराम प्यासी

भक्तपुर- पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्ने धेरै तर शैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ ।

यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने विद्यावारिधि गरेर नेपालकै पहिलो ‘पीएचडी’ होल्डर वडाध्यक्षको रुपमा रेकर्ड राख्न सफल भएका छन् ।

डा.सुवाल अहिलेसम्मकै सबैभन्दा बढी पढ्ने वडाध्यक्षको रुपमा समेत दरिएका छन् । उनले त्रिभुवन विश्व विद्यालयबाटै ३ वटा विषयमा प्रविणता प्रमाणपत्र तह, ३ वटा विषयमा स्नातक र २ वटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

वडाध्यक्ष डा.सुवालले केही दिनअघि त्रिभुवन विश्व विद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्वन्धी ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए ।

२०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा डा.सुवाल नेपाल मजदूर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्षको रुपमा निर्वाचित भएका  हुन् ।

उनी सो पार्टीको ६ नं वडाको वडा समिति सचिवको साथै नेमकिपाको जनवर्गीय संगठन ‘नेपाल क्रान्तिकारी किसान संगठन’ को केन्द्रीय सचिव पनि हुन् ।

विद्यावारिधि उत्तीर्ण गरेसंगै डा.सुवाल नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मा धेरै विषय अध्ययन गर्ने नेता समेत बनेका छन् ।

भक्तपुरको ब्यासीस्थित बासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेका चोछें भक्तपुरका वडाध्यक्ष डा.सुवालले विद्यावारिधि मात्रै गरेका छैनन, उनले पोलिटिकल साइन्स र इतिहास गरी दुईवटा विषयमा स्नातकोत्तर गरेका छन् ।

शिक्षा, कानून र मानवीकि गरी तीनवटा विषयमा स्नातक तथा मानवीकि, वाणिज्य र कानुन गरि तीनवटा विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका छन् । डा.सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमा सर्वाेत्कृष्ट भई कलेज टपर समेत भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : १७ बजे

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको

एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे

पाटन– सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न

भक्तपुरमा आजदेखि इन्द्र जात्रा 

भक्तपुर– भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत

‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ’

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी