फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने « Khabarhub

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनएमबी बैंकले अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता-मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा सुचारु गरेको छ ।

वर्तमान प्रतिकूल परिस्थितिमा सेवाग्राहीहरुको सहजता, उच्च प्रतिफल र सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि फेसबुकबाटै खाता खोल्न सकिने सेवा प्रदान गरेको हो ।

डिजिटल बैंकिङ्ग सेवाको अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने बैंकले जनाएको छ । घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने सेवा प्रदान गरिएको समेत जनाएको छ ।

ग्राहकवर्गलाई  फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको जनाएको हो ।

“हालको परिप्रेक्षमा यसले सेवाग्राहीहरुका लागि कारोवारहरु सम्पादन गर्न सहयोग पुग्नेछ ” बैंकले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु