आँखामा चोटपटक लाग्दा गुम्न सक्छ दृष्टि, यसरी गर्नुस् सुरक्षा « Khabarhub

आँखामा चोटपटक लाग्दा गुम्न सक्छ दृष्टि, यसरी गर्नुस् सुरक्षा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । त्यसैले हामीले जहिले पनि आँखाको सुरक्षालाई ध्यान दिनुपर्छ । कुनै कार्य गर्दा होस् वा हिड्दै गर्दा हरेक समयमा आँखाको सुरक्षा गर्नुपर्छ ।
तर कहिलेकाहीँ सुरक्षा अपनाउदा अपनाउदै पनि आँखामा चोटपटक लाग्न सक्छ । अञ्जानमा आँखामा चोट लागेको अवस्थामा त्यसलाई सामान्य सोच्न नहुने चिकित्सकहरु बताउँछन् । आँखामा लाग्ने चोटलाई व्यवस्था गरे विभिन्न समयस्या उत्पन्न हुने र दृष्टि समेत गुम्नसक्ने खतरा हुन्छ ।

आँखामा लाग्ने चोटपटकले यस्तो समस्या निम्त्याउछ

–दृष्टिमा कमी हुन सक्छ ।

–आँखा दुख्छ ।

–आँखा रातो हुन्छ ।

–आँखाबाट पानी बग्ने समस्या हुन्छ ।

–आँखा बिझाउछ ।

–हेर्न गाह्रो हुने ।

–आँखा पोल्ने,आँखा सुनिने समस्या हुन्छ ।

–आँखाको नानीमा घाउँ हुन सक्छ ।

–विभिन्न किसिमका इन्फेक्सन हुने सम्भावना हुन्छ ।

आँखामा चोटपटक लाग्दा यी समस्याहरु देखिने र दृष्टीसमेत गुम्न सक्ने भएकाले आँखामा चोटपटक लाग्दा सामान्य मानेर बस्न हुँदैन । आँखामा चोटपटक लाग्दा आँखाको हेरचाहमा विषेश ध्यान दिनुपर्छ ।

आँखामा चोटपटक लाग्दा यस्तो गर्नुस्

–आँखामा चोटपटक लागेमा आँखा माड्नु हुदैन ।

–आँखामा बाहिरी वस्तु परेको छ भने पानीभित्र आँखा डुवाएर हेर्ने गर्नुपर्छ । त्यसरी आँखामा परेको वस्तु बाहिर निस्कन्छ ।
–बाहिरी वस्तुलाई निकाल्न औंलाको नङ, सिन्का वा कुनै पनि औजारको प्रयोग गर्नु हुँदैन ।

–केही वस्तु परेमा चिसोपानीले आँखामा छ्याप्ने र बारम्बार आँखा झिम्काउने गर्नुपर्छ ।

–आँखामा चोटपटक लाग्दा तेल,आमाको दुध वा जढिबुटिको प्रयोग गर्नु हुदैन ।

–आँखामा चोटपटक लागेमा तुरुन्त नजिकैको आँखा केन्द्रमा गएर आँखा जाँच गराउनुपर्छ ।

–चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : ५७ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको