प्रधानमन्त्री ओलीले गरे असंलग्न आन्दोलन समूहका नेतासँग अनलाइन संवाद | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले गरे असंलग्न आन्दोलन समूहका नेतासँग अनलाइन संवाद


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहका शीर्ष नेताहरुसँग अनलाइन संवाद गरेका छन् ।

आज सिंहदरबारस्थित एक्सन कक्षबाट नामको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका ओलीले विभिन्न मुलुकका शीर्ष नेतासँग संवाद गरेका हुन् ।

अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले उद्घाटन गरेको सम्मेलनमा विश्वव्यापी महामारीको रुप लिएको  कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र त्यसमा नामको भूमिकाबारे छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी भएका थिए ।

नाम विश्वका कुनै पनि शक्ति पक्षसँग सम्लग्न नभएका १२० मुलुकहरुको साझा मञ्च हो । संयुक्त राष्ट्र सङ्घपछि विश्वमा यो दोस्रो ठूलो मञ्च मानिन्छ । यसको स्थापना सन् १९६१ मा भएको थियो ।

विश्वमा कोरोना सङ्कटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का शीर्ष नेताहरुको पनि भिडियो संवाद भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ०० बजे

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव