नेपालगञ्जका थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित ८२ पुगे | Khabarhub Khabarhub

नेपालगञ्जका थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित ८२ पुगे


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि एकै दिन १६ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिनसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र तोकेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ०२ बजे

जबज र पहिचानको मुद्दामा राजेन्द्र राईको फरक मत (पूर्णपाठ)

काठमाडौं : नेकपा (एकीकृत समाजवादीले पार्टी) को महाधिवेशन काठमाडौंमा जारी

जापानद्वारा एच-थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ।  जापान

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजनप्रति नेपाली कांग्रेसको आपत्ति

कैलाली– नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन

कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ?

काठमाडौं- सोमबार दिउँसो २ बजे सामाजिक सञ्जालमा एउटा अफवाह फैलियो