कोरोनाको संक्रमण बढेपछि जापानमा मे ३१ सम्म राष्ट्रव्यापी संकटकाल « Khabarhub

कोरोनाको संक्रमण बढेपछि जापानमा मे ३१ सम्म राष्ट्रव्यापी संकटकाल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानमा लगाइएको राष्ट्रव्यापी संकटकाल थप तीन साताका लागि बढाइएको छ ।

जापानमा गत अप्रिल ७ देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय संकटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो ।

आजदेखि संकटकाल समाप्त हुँदै गर्दा जापानले संकटकाल आउँदो मे ३१ सम्मै कायम रहने जापानी प्रधानमन्त्री सिन्जो आवले घोषणा गरे ।

आवेका अनुसार अर्को सूचना नभएसम्म संकटकाललाई खुकुलो पारिने छैन । कोरोनाभाइरसविरूद्धको लडाईंका लागि आगामी कदम तयार पार्न संकटकाल बढाइएको उनले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।

संकटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले ५३६ जनाको मृत्यु भएको छ भने १५ हजार ७८ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ०३ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल