सुगन्धित जडिबुटीको खेतीमा किसान « Khabarhub

सुगन्धित जडिबुटीको खेतीमा किसान


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरिया– सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले बर्दियाका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित तेल उत्पादनमा लागेका छन् ।

पश्चिम तराईं भूपरिधि विकास आयोजनाको सहयोगमा क्यामोमाइल तेल उत्पादनमा किसान आकर्षित भएको शिव बचत तथा सहकारी संंस्थाका सदस्य तथा प्राविधिक रामबहादुर थापाले जानकारी दिए ।

क्यामोमाइलबाट सुगन्धित धुप र तेल उत्पादन हुन्छ । उहाँका अनुसार चार महिनामा तयार हुने सो खेती यस वर्ष करीब ४५ बिघा क्षेत्रफलमा लगाइएको छ ।

गत वर्ष सात बिघामा लगाइएको सो जडिबुटीबाट किसानले करीब रु २५ लाख बराबरको तेल सहकारी संस्थालाई बिक्री गरेका थिए । क्यामोमाइलको प्रशोधन गर्ने हाल तीन यन्त्र छन् ।

अरु दुई थप गर्ने योजना रहेको सहकारीका प्राविधिक थापाले बताए । सहकारीले किसानबाट उत्पादन खरीद गरी नेपालगञ्जमा बिक्री गर्ने गरेका छन् । यसको प्रतिलिटर मूल्य रु. ४८ हजार छ । क्यामोमाइलबाट औषधि, स्याम्पु, अत्तर जस्ता सुगन्धित वस्तु उत्पादन हुन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ५७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै