संविधान र कानूनलाई ध्यानमा राखी जिम्मेवारी वहन गर्नेछु– नवनियुक्त महासचिव गौतम « Khabarhub

संविधान र कानूनलाई ध्यानमा राखी जिम्मेवारी वहन गर्नेछु– नवनियुक्त महासचिव गौतम


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा नवनियुक्त महासचिव डा भरतराज गौतमले संविधान र कानूनलाई ध्यानमा राखी आफ्नो जिम्वारी वहन गर्ने प्रतिक्रिया दिएका छन् ।

मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै महासचिव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समन्वय गर्ने आफ्नो मुख्य जिम्मेवारी भएको पनि बताए ।

गौतमले  सभामुख र राष्ट्रियसभाको अध्यक्षले आफूलाई महासचिवका रुपमा सिफारिश गरेकामा उनीहरुप्रति आभार प्रकट गरे ।

‘एउटा राष्ट्रसेवक कर्मचारीले आफ्नो ठाउँमा रहेर जे जस्तो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, संविधान, नियमावली र कर्मचारी प्रशासनसम्बन्धी व्यवस्थालाई ध्यानमा दिएर व्यावसायिकताका साथ काम सम्पन्न गर्ने प्रण गर्दछु,’ उनले भने ।

सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव डा भरतराज गौतमलाई मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ गराएका थिए । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा सभामुखले महासचिवलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष, सङ्घीय संसद्का विभिन्न समितिका सभापति, सांसद तथा सचिवालयका कर्मचारीको उपस्थिति थियो ।

शपथलगत्तै गौतमले महासचिवको कार्यकक्षमा पदवहाली गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : ०८ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी